आइतबार, वैशाख २८, २०८२

पीएनजीविरुद्व टस जितेर पहिले बलिङ गर्ने नेपालको निर्णय

नेपालखोज २०७८ चैत ८ गते ११:१४

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्व टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। सोमबार मात्र यूएईसँग एतिहासिक खराव प्रदर्शनको सिकार भएको नेपालका लागि मंगलबार पिएनजी विरुद्वको अन्तिम खेल जित्नु पर्ने दबाब रहेको छ।

विश्वकप छनोटको यो अभियानमा नेपाल ११ खेलमा ५ जित निकाल्दै १० अंक बनाएर तालिकाको छैटौं स्थानमा रहेको छ। लिग २ मा नेपाल सर्वाधिक कम खेल खेल्ने राष्ट्रका रुपमा रहेको छ। युएई सिरिजमा नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराउँदा दोस्रो र तेस्रो खेलमा यूएईसँग ४८ र ९९ रनले पराजित हुन पुगेको थियो। जबकी दुबै खेलमा नेपालले मध्यम लक्ष्य पाएको थियो।

नेपालको प्लेइङ ११
सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, भिम सार्की, पवन सराफ

प्रतिक्रिया