सोमबार, जेठ ७, २०८१

एनक्याप सेफ्टी रेटिङमा ग्रेट वालमोटरको हाभाल एच ६ लाई फाइभ-स्टार प्राप्त

नेपालखोज २०७८ चैत ९ गते १२:२३

काठमाडौं । ग्रेट वालमोटर्स (जिएमडब्लु) हाभल एच ६ ले अस्ट्रेलिया सियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एनक्याप) क््रयास परिक्षणमा हालको २०२०–२०२२ सुरक्षा प्रोटोकलहरुका लागि फाइभ–स्टार प्राप्त गरेको छ । जि.डब्लु. एमपिक–अपपजवर पछि यस्तो उच्च मूल्याङ्कन प्राप्त गर्ने एच ६ जि.डब्लु.एमको दोस्रो गाडी हो ।

हाभल एच ६ ले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८ प्रतिशत, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३ प्रतिशत र सेफ्टी असिस्टमा ८१ प्रतिशत स्कोर ल्याउँदै फाइभ–स्टार सुरक्षा मूल्याङ्कन प्राप्त र्न सफल भएको छ ।

एनक्याप को अनुसार हाभल एच ६ ले साइड इफेक्ट र अब्लिकपोल टेस्ट, फ्रन्ट–र–रियर–सिट अक्युप्यान्ट ह्विप्ल्यास प्रोटेक्सन र फ्रन्टल अफसेट टेस्टमा फ्रन्ट–सिट प्यासेन्जर प्रोटेक्सनमा पूर्णाङ्क पाएको छ । चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा “परप्परागत विशिष्ट बाल प्रतिबन्धहरुको दायरालाई सुरक्षित रुपमा समायोजन गर्ने” एच ६ लाई एनक्याप ले प्रशंसा गरेको छ । यसैगरी टर्न–अक्रस–पाथ इन्टरसेक्सन परिक्षणमा अर्को गाडीसँग ठोक्किनबाट रोक्ने क्षमता भएकोमा एनक्यापले हाभाल एच ६ को जंक्सन असिस्ट फिचरको पनि प्रशंसा गरेको छ ।

हाभाल एच ६ को सक्रिय सुरक्षा सुविधाहरुलाई एनक्यापले तारिफ गरेको छ र सबै आपतकालिन लेन राख्ने परिक्षण अवस्थाहरुसँगै कार–टु–कार र कार–टु–साइक्लिस्ट अटोनेमस इमर्जेन्सी ब्रेकिङ क्षमताहरुलाई राम्रो मूल्याङ्कन गरेको छ ।

ग्रेटवाल मोटरको बारेमा :
ग्रेट वालमोट र नेपालले हाभल एच ६, हाभलजोलायन र पोअर जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ र नेपालको ईलेक्ट्रिक भेहिकलको भविष्यमा ओरा इलेक्ट्रिक सँगै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ ।

भि.जी. इम्पेक्स नेपालमा ग्रेट वालमोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स÷ग्रेट वालमोटर नेपालले यो लोकप्रिय इलेक्ट्रिक गाडी नेपालल्याउन सफलभएको छ । ग्रेट वालमोटर नेपालले आफ्नाबिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्ती गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ ।

विश्वव्यापी बजार अनुसार ग्रेट वाल मोटर अग्रपंक्तिमा रहन अग्रसर छ । २०२५ सम्ममा विश्वबजारमा ४० लाख सवारी साधन बिक्री गर्ने लक्ष्यलाई पछ्याउँदै यो कम्पनी आफ्नो बिक्रीको ८० प्रतिशत भन्दा बढी हिस्सा नयाँ ऊर्जाका सवारी साधनहरुको हुने अपेक्षा राखेको छ ।

प्रतिक्रिया