एनएसएललाई एन्फाले भन्यो- क्लब टू क्लब डिल

काठमाडाैं । नेपाली फुटबलको फ्रेन्चाईज लिग नेपाल सुपर लिग आयोजना गर्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाले स्वीकृति प्रदान गरेको छ । नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि (एनइएसएम)ले प्रतियोगिता आयोजना गर्नका लागि एन्फासँग चैत २ गते अनुमति माग गरेको थियो ।
एन्फाका कार्यबहाक महासचिव अरुणमान जोशीले एनइएसएमका कार्यकारी निर्देशक सुदीप शर्मालाई सम्बोधन गर्दै प्रतियोगिता आयोजनाको मिति उल्लेख गरेर चिठी दिएका हुन् । पत्रमा चैत २५ गतेदेखि २०७९ जेठ १ गतेसम्मको समय उल्लेख गरिएको छ ।
यसअघि सहीद स्मारक ए डिभिजन लिग खेल्ने ४ क्लबले एनएसलको विरोध गर्दै आएका थिए । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको विवाद समाधान कार्यदलले छलफल गरेपछि एन्फाले एनएसएल आयोजनाका लागि स्वीकृति दिएको हो । ४ क्लबले खेलाडी रिलिज गर्ने कुरामा बढी आपत्ति जनाउँदै आएका थिए ।
वार्तापछि ए डिभिजन लिगका क्लब र एनएसएलमा सहभागी क्लबबीच सहमतिमा (क्लब टू क्लब डिल) गर्दै खेलाडी रिलिज गर्ने सहमति भएको बुझिएको छ । एनएसएल चैत २५ गतेदेखि शुरु हुँदैछ ।

प्रतिक्रिया