कांग्रेस घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री थापा

नेपालखोज २०७८ चैत १० गते २१:४३

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’को संयोजकमा महामन्त्री गगनकुमार थापालाई मनोनित गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार सभापति देउवाले उनलाई समितिको संयोजकमा आज मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया