रोहितको शतक बाबजुत नेपाल पहिलो पटक पीएनजीसँग पराजित

काठमाडाैं । पहिलो पटक एकदिवसीय खेलका लागि नेपाल भ्रमणमा आएको पपुवा न्युगिनिले उसको एकदिवसीय करिअरमै पहिलो पटक नेपाललाई पराजित गरेको छ । पछिल्ला चार खेलमा पराजित भएको पीएनजीले अन्तत नेपालको घरेलु मैदानमा नै पहिलो जित निकाल्यो।
पीएनजीले आफ्नो एकदिवसिय करिअरकै सर्वाधिक २ सय ९३ रनको उच्च विजयी लक्ष्य जोगाउन सफल भयो । नेपाल ६ रनले पराजित हुन पुग्यो । पाहुना टोलीविरुद्व नेपालका लागि रोहित पौडेलले सानदार ब्याटिङ गर्दै इतिहासकै सर्वाधिक धेरै रन बनाएपनि जित आत्मासाथ गर्नबाट ६ रनले नेपाल चुकेको थियो ।

काठमाडाैं । नेपालले यसअघि सर्वाधिक धेरै रनका रुपमा यूएईले २०१९ मा दुबईमा २ सय ५४ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपाले ४४.४ ओभरमा पुरा गर्दै २ सय ५५ रन बनाएर पुरा गर्दै एतिहासिक जित निकालेको थियो । नेपाले पुन अर्को इतिहास आफ्नो नाममा पार्न सफल भएको छ।
टीयू मैदान कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको पिएनजीले उसको एकदिवसिय करिअरकै सर्वाधिक स्कोर तयार गरेको हो । उसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन जोडेको थियो । यसअघि पीएनजीले हङकङविरुद्व २०१४ मा २ सय ६४ रन बनाएको थियो ।
पीएनजीका लागि चार्लेस अमिनीले सर्वाधिक ७७ रनको स्कोर बनाए। त्यस्तै कप्तान आसाद भालालाई ६० रन बनाउँदा नोर्मन भनुवाले २८ बलमा ४७ रनको विष्फोटक इनिङ खेले । पीएनजीको उच्च स्कोरमा टोनी उराले ३८ रन बनाए। त्यस्तै रिले हेकुरेले ३१ रन जोडे। जसन किला १३ रनमा अविजित रहे ।
नेपालका लागि कमलसिंह ऐरी, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिंदा सन्दीप लामिछाने र पवन सराफले समान १-१ विकेट हात पारे । २ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहित पौडेललले कीर्तिमानी इनिङ खेले। उनले १ सय २६ रन बनाउँदे पहिलो एकदिवसिय शतक प्रहार गरे। त्यस्तै नेपालका लागि कुशल भुर्तेलले ३२ रन बनाएर आउट हुँदा आरिफ शेख ३४ रन बनाएर पेभिलियन फर्किए।
अनिल साह ६ रनमा आउट हुँदा देब खनाल शुन्य रनमा आउट भए। त्यस्तै पवन सराफ ७ रनमा पेभिलियन फर्किएका छ्न । पीएनजीका लागि चार्लेस अमीनी, असाद भाला र नोर्मन भनुवाले समान २-२ विकेट लिए ।
प्रतिक्रिया