ढोरपाटन-साल्झन्डी सडकको ५० प्रतिशत काम सक्नु पर्ने मन्त्री पौडेलकाे निर्देशन

नेपालखोज २०७८ चैत १२ गते ११:५६

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेको छ । शुक्रबार मन्त्री पौडेलले ढोरपाटन साल्झन्डी र गादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेको हो ।अनुगमनका क्रममा मन्त्री पौडेलले समयमै सडकको काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ।

मन्त्री पौडेलले भने , ‘सडकको काम कुनै हालतमा नरोकियोस ,प्रभावित स्थानीयलाई मुआब्जा दिए सहमतिमै काम अघि बढानुहोला ।’ मन्त्री पौडेलले कुनै समस्या भए समाधान गर्न आफू तयार भएको भन्दै ढोरपाटन साल्झन्डी सडकको काम तीब्र रूपमा अघि बढाउन निर्देशन दिएका छन्।

यस वर्ष ढोरपाटन साल्झन्डी सडकका लागि भौतिक पूर्वाधार मन्त्रालयले ४४ करोड रुकम विनियोजन गरी श्रेष्ठ गलवा क्यारवान कम्पनीले सडक चौडा बनाउने काम गरिरहेको छ । यस्तै, गादीखोलादेखि ढोरपाटन जोड्ने सडकको १० किलोमिटर नाली बनाउने काम सकिएर माटो बिच्छाउने काम भइरहेको लामा कन्टक्सन प्रालिका सञ्चालक सोमनाथ थकाली जानकारी दिए ।

प्रतिक्रिया