आगामी चुनावमा कुनै पनि वाम दलसँग सहकार्य हुँदैनः नेता बस्नेत

नेपालखोज २०७८ चैत १२ गते १४:२६

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन् । पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिका स्तरीय भेलामा सहभागी हुन आज पर्वत आएका बस्नेतले कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक अन्य दलहरु गैह्रकम्युनिष्ट भएकाले ती दलहरुसँग तालमेल नहुने बताएका हुन् ।

उनले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न नेकपा माओवादी केन्द्र सहितका कम्युनिष्ट पार्टीलाई आग्रह गर्दै एमाले एक्लै निर्वाचनमा लड्ने गरी तयारी अवस्थामा छ भने । निर्वाचनमा स्थानीय स्तरको आवश्यकता अनुसार तालमेल पनि हुनसक्ने बताउँदै उनले निर्वाचनमा सक्रिय भएर होमिन कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया