मंगलबार, वैशाख १६, २०८२

सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई हेमोडायलाइसीस मेसिन प्रदान

नेपालखोज २०७८ चैत १२ गते १९:२१

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विराटनगर स्थित कोशी अस्पताललाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ वरावरको अस्पतालले उपलब्ध गराएको बिवरण बमोजिम हेमोडायलाइसीस मेसिनहरु प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र कोशी अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेन्ट डा.यज्ञराज खरेलले हस्ताक्षर गरेका छन् । कोशी अस्पतालले उक्त हेमोडायलाइसीस मेसिन अस्पतालमा आउने विरामीहरुको उपचारको लागि प्रयोग गर्नेछ । बैंकले पुर्‍याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिलाई डायलाइसीस सेवा प्रदान गरी जीवनस्तर सुधार गर्न केहि हदसम्म भएपनि मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउंदै आएको छ भने आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्चप्राथमिकतामा राखी निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।

प्रतिक्रिया