बहुमतको सरकारलाई परामदेशको सरकार भन्नु कुर्तक : मन्त्री पाैडेल

नेपालखोज २०७८ चैत १२ गते २१:४३

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विगतमा भएका उपलव्धी गुम्ने खतरा भएपछि उक्त उपलव्धीको रक्षाका लागि अहिलेको पाँच दलीय गठबन्धन बनेको बताएका छन् । नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिकाले आज आयोजना गरेको बैचारिक एवं राजनीतिक प्रशिक्षण कार्यक्रममा मन्त्री पौडेलले हिजोका दिनमा भएका लोकतन्त्र सहितको गणतन्त्र लगायतको उपलव्धीहरु रक्षाका लागि गठबन्धनको आवश्यक रहेको बताए ।

उनले अहिले समृद्धिको लागि समाजवादी क्रान्ति आवश्यक रहेको बताउदै माओवादीले ल्याएको परिवर्तनमा अन्य दलहरुले रजाई गरेको बताए । मन्त्री पौडेलले भने, ‘माओवादीको योगदानमा देशमा समानुपातिक प्रतिनिधित्व लगायत थुप्रै उपलव्धी भए, उपलव्धीहरु गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यक भयो । माओवादी कै उपलव्धीमा टेकेर माओवादीलाई नै गाली गर्नेहरुको कमी छैन, संविधानता जनप्रतिनिधले कुँ गर्न मिल्दैन दुई-दुई पटक संविधान मिचेर संसद अन्तय गर्नेले उल्टै ठूला कुरा गरेको सुहाउँदैन् ।’

सबैभन्दा ठूलो आन्दोलन जनयुद्ध भएको भन्दै यो कुनै पार्टी केन्द्रीत नभएर जनता केन्द्रित भएको बताउँदै के पाइयो भन्दापनि परिवर्तनका लागि अझै लागि रहन् आम-माओवादी नेता कार्यकर्तालाई आग्रह गरे । उनले बहुमतको सरकारलाई परामदेशको सरकार भन्नु कुर्तक रहेको बताउँदै हिजोका उपलव्धीको रक्षाका लागि गठबन्धन भएको बताए ।

प्रतिक्रिया