मेलामा ढकमक्क फूल (१३ तस्बिर)

काठमाडौं । जावलाखेलको खेल मैदानमा जारी २३औं पुष्प मेलामा अवलोकन गर्नेको संख्या दिनानुदिन बढ्दो छ । शनिबारमात्र ३६ हजार ८०० जनाले अवलोकन गरे भने ८४ लाख ३० हजार रुपैयाँको कारोबार भयो ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत १० गतेदेखि सुरु भएको मेलामा पहिलो दिन आठ हजार २०० जनाले अवलोकन गरेका थिए । २१ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो भने चैत ११ गते अर्थात दोस्रो दिन ११ हजार जनाले अवलोकन गरेका थिए भने २७ लाख रुपैयाँबराबरको कारोबार भएको थियो ।
एसोसिएसनले ४५ हजार जनाले अवलोकन गर्ने र ७५ लाख रुपैयाँ बराबारको कारोबार हुने लक्ष्य थियो । तर कारोबार लक्ष्यभन्दा बढी शनिबार नै भइसको छ ।
आइतबार आज मेलाको अन्तिम दिन हो । त्यहीभएर पनि आज अवलोकनकर्ताको भिड छ । फूलप्रेमीसमेत रहेका पाटन अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. पवन शर्माले मेलामा पुगेर रंगिबिरंगी तस्बिर खिचेका छन् । हेरौं डा. शर्माले खिचेका थप तस्बिर :













प्रतिक्रिया