सानिमा बैंकको विभिन्न होटेलसँग सेवामा छुट दिने सम्झौता

काठमाडौं । सानिमा बैंकले ¥याडिसन होटेल, द एभरेष्ट होटेल, होटेल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटेलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ ।
ग्राहकहरुले सानिमा भिसा कार्ड (डेबिट÷क्रेडिट) र सानिमा सजिलो इ बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा ¥याडिसन होटलमा १० प्रतिशत छुट, द एभरेष्ट होटेलमा १५ प्रतिशत छुट, होटेल अकामामा २० प्रतिशत छुट र अलफ्ट काठमाडौं ठमेलमा १५ प्रतिशत छुट पाउनेछन् ।
यी होटेलहरुमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुनेछन् । सानिमा बैंकको क्रेडिट कार्डको लागि बैंकको वेबसाइटबाट आवेदन दिन सकिन्छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११४ वटा एटीएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको छ ।








प्रतिक्रिया