सोमबार, वैशाख १५, २०८२

नाट्टाको नेतृत्व लिन दुई समूह चुनावमा, रमेश थापाको सम्भावना बलियो

नेपालखोज २०७८ चैत १६ गते २१:१८

काठमाडाैं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) मा दुई समूह प्यानल नै खडा गरेर चुनावमा होमिएको छन् । रमेश थापा प्यानल सत्तापक्ष र विनय बस्नेत प्यानल प्रतिपक्षी एमाले निकट भएर प्रतिस्पर्धामा ओर्लिएका हुन् ।

पर्यटन क्षेत्रको एक पुरानो संस्था नाट्टाको आउँदो बिहीबार (चैत १७ गते) निर्वाचन हुँदैछ । बलियो गठबन्धनबाट चुनाव लडेकाले प्रत्यासी थापाको जित्ने सम्भावना बलियो छ । थापा हाल नाट्टा कार्यसमितिको उपाध्यक्ष हुन् । बस्नेत वरिष्ठ उपाध्यक्ष हुन् ।

उपाध्यक्ष हुँदा थापाले खेलेको भूमिकाको प्रशंसा गर्नेपनि उतिनै छन् । उनले एकपटक नेतृत्व पाएँ नाट्टालाई विश्वसामु परिचित गराउने र पर्यटक बढाउने पर्यटन व्यवसायीहरुको विश्वास छ । नाट्टाले सुरु गरेको बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्ट (बीआईटीएम) लाई निरन्तरता दिँदै अझ व्यापक बनाउन थापाले जित्नुपर्ने नाट्टामा रहेर काम गरेका मानिसहरु बताउछन् । उनको नेतृत्व पाएँ नाट्टा सबल र सफल हुने अत्याधिकको विश्वास छ ।

अन्य पदाधिकारीहरूमा थापा समूहबाट वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमार थपलिया, सचिवमा युवक भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सहकोषाध्यक्षमा राजा शाक्यले उम्मेदवारी दिएका छन् । यस्तै, बस्नेत समूहबाट वरिष्ठ उपाध्यक्षमा सुधीरकुमार उपाध्याय, उपाध्यक्षमा सुनील शर्मा, महासचिवमा जिस्वान तुलाधर श्रेष्ठ, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सहकोषाध्यक्षमा गीता ढकाल (रिजु) ले उम्मेदवारी दिएका छन् ।

अन्य सदस्यहरूमा थापा समूहबाट ढाकानाथ काफ्ले, नवराज भेटवाल, पर्शुराम घिमिरे, राम सोभित नायक, महेश कोइराला, डेन्डी शेर्पा, शारदा जोशी र सावला भण्डारीले उम्मेदवारी दिएका छन् । बस्नेत समूहबाट विष्णु पाण्डे, सुदर्शन पौडेल, साधुराम थापा, दिनेश मैनाली, सन्तोष गुरुङ, चुडा जिम्बा, सुमन लाल श्रेष्ठ र राजकुमार पाठकले उम्मेदवारी दिएका छन् ।

रमेश थापा समूहले नेपाललाई एउटा विशेष ट्राभल गन्तव्य बनाउन चाहेको घोषणापत्र सार्वजनिक गरेको छ । समूहले जित निश्चित भएको र आउने दिनमा के-के गर्ने योजना नै बनाएर अघि बढेको छ । थापा समूहले भन्यो, विश्वभरका मानिस एकपटक र पटकपटक आउनैपर्ने नेपाल बनाउन चाहेको र यो महान सपनाको प्रतिनिधि हामीहरु हाैं । नाट्टालाई ‍मन, वचन र कर्मले प्रतिनिधित्व गर्ने प्रतिवद्धता हामीले गरेका छाैं ।’

थापा समूहको घोषणापत्र

१. विदेशी पर्यटकलाई प्याकेज बिक्री गरी प्राप्त विदेशी मुद्राको निश्चित प्रतिशत रिबेट व्यवसायीलाई पनि दिलाउन सम्बन्धित निकायमा पहल गरिनेछ ।

२. पर्यटन प्याकेज बिक्री गर्दा लाग्ने भ्याट ०७८/७९ मा छुट भएकोमा त्यसलाई नियमित गराउन पहल गरिनेछ ।

३. कोभिड महामारीका कारण सिर्जित यात्रा प्रतिबन्ध अझ खुकुलो बनाउँदै सम्पूर्ण रूपमा पुरानै लयमा फकाउन पहल गरिनेछ ।

४. आन्तरिक तथा क्षेत्रीय (दक्षिण एसिया) हवाई कनेक्टिभिटी बढाउन पहल गरिनेछ ।

५. पेड होलिडेजेको शीघ्र कार्यान्वयनको लागि पहल गरिनेछ ।

६. गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल तथा पोखरा क्षेत्रीय विमानस्थल शीघ्र सञ्चालनको लागि सरकारलाई घच्घच्याइनेछ ।

७. पर्यटक सवारीसाधन (हरियो प्लेट) सम्बन्धी विद्यमान विभेदकारी यातायात ऐन संशोधनका लागि विशेष पहल गरिनेछ । पर्यटक सवारी साधनमा तुरुन्तै जारी हुन लागेको इम्बोस्ट नम्बर प्लेट हाल भइरहेको हरियो प्लेटजस्तै छुटै पहिचान हुने गरी व्यवस्था गर्नलाई पहल गरिनेछ ।

८. पर्यटकीय पूर्वाधार विकासमा सरकारको लगानी बढाउन अनुरोध गरिनेछ ।

९. कोभिड महामारीले प्रभावित सदस्य कम्पनीहरूलाई राहतस्वरुप आगामी पाँच वर्षसम्म कर छुटका लागि पहल गरिनेछ ।

१०. पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको रूपमा मान्यता दिलाउन सरकारसँग सशक्त पहल गरिनेछ ।

११. राजधानीलगायत अन्य मुख्य पर्यटकीय नगरीहरूमा टुरिष्ट बस टर्मिनल र पार्किङ व्यवस्थापनका लागि विशेष पहल गरिनेछ ।

१२. नाट्टाले सुरु गरेको बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) लाई निरन्तरता दिँदै अझ व्यापक बनाइनेछ ।

१३. सदस्य व्यवसायीहरूको सक्रिय संलग्नतामा हरेक वर्ष स्वदेश तथा विदेशमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरू आयोजना गरिनेछ ।

१४. आइएटीएसँग गरिएको सम्झौताको समीक्षा गर्दै समस्याको पहिचान गरी समाधानको लागि हरसम्भव प्रयास गरिनेछ ।

१५. विदेशी हवाई कम्पनी आकस्मिक रूपमा बन्द हुँदा टिकटको रिफन्ड प्रकृया अवरुद्ध भई व्यवसायीलाई मर्का परिरहेकोमा त्यस्ता हवाई कम्पनी सञ्चालन पूर्व क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सेक्युरिटी फन्डको व्यवस्था गर्न पहल गरिनेछ ।

१६. प्रमुख सम्पदा, गन्तव्यस्थल र राष्ट्रिय राजमार्गहरूमा सार्वजनिक शौचालय निर्माण गर्न सरोकारवाला तथा स्थानीय निकायहरूसँग समन्वय र सहकार्य गरिनेछ ।

१७. विमानस्थलहरूमा पर्यटकहरूको आवागमनलाई झन्झटरहित बनाउन सम्बन्धित निकायसँग नियमित रूपमा समन्वय गरिनेछ । साथै ई–भिसा कार्यान्यवनको लागि पहल गरिनेछ ।

१८. टुरिष्ट गाइडको दक्षतालाई अभिवृद्धि गर्न सम्बन्धित संस्थाहरूसँगको सहकार्यमा आवश्यक तालिम कार्यक्रमहरू आयोजना गरिनेछ ।

१९. नाट्टालाई राष्ट्रकै पर्यटन सल्लाहकारको रूपमा उभ्याउन पर्यटन विकासका थप सम्भावनाहरूको अध्ययन र अनुसन्धानका लागि रिसर्च डिपार्टमेन्ट स्थापना गरिनेछ ।

२०. सदस्य कम्पनीहरूलाई प्रविधिमैत्री बनाउन आवश्यक तालिमहरू सञ्चालन गरिनेछ ।

२१. सदस्य कम्पनीहरूको सहज पहुँचका लागि नाट्टा सचिवालयलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाइनेछ ।

२२. विभिन्न कारण देखाई गन्तव्य प्रवेशमा रोक लगाइएकाहरूको कारण टिकेटिङ कम्पनीहरूलाई पर्ने गरेको अनावश्यक आर्थिक भारबाट उन्मुक्ति दिलाउन सम्बन्धित निकायहरूसँग सहकार्य गरिनेछ ।

२३. सदस्य कम्पनीहरूको सुविधालाई ध्यानमा राख्दै विक्ली बीएसपी पेमेन्टका लागि विदेशी र स्वदेशी गरी दुई प्रकारको मुद्रामा भुक्तानी गर्नुपर्ने विद्यमान अवस्थाको विकल्पमा नेपाली मुद्रामै बीएसपी पेमेन्ट हुने व्यवस्था मिलाउन राष्ट्र बैंक, आईएटीए र एयरलाइन्सहरूमार्फत प्रयास गरिने छ ।

२४. आउटबन्ड टुर सम्बन्धमा हाल जारी नयाँ प्रावधानहरूले व्यवसाय धरासायी हुने देखिएकोले सो प्रावधानहरूलाई खुकुलो बनाउन प्रयास गरिनेछ । साथै भुक्तानी, अध्यागमन लगायतका समस्याहरूलाई गहन अध्ययन गरी समाधानका लागि पहल गरिनेछ ।

२५. सातवटै नाट्टा प्रदेश सदस्यहरूको नेतृत्व/व्यक्तित्व विकास, क्षमता अभिवृद्धि र पुर्नताजगी तालिम जस्ता विशेष कार्यक्रमहरू ल्याइनेछ ।

२६. सातवटै नाट्टा प्रदेशहरूसँग समन्वय गर्दै प्रत्येक प्रदेशका पर्यटकीय गन्तव्यहरूको पहिचान, विकास र प्याकेजिङ र प्रवर्द्धन गर्ने

२७. संस्थाका गतिविधि लगायत समसामयिक सूचनाहरूलाई मिडिया सेन्टर मार्फत पाक्षिक रूपमा सदस्यहरू माझ जानकारी गराइनेछ ।

प्रतिक्रिया