बिहीबार, मंसिर २७, २०८१

भिभोले रगं परिवर्तन हुने ग्लास विशेषताको फोन ल्याउँदै

नेपालखोज २०७८ चैत १८ गते १६:०२


काठमाडौं । इन्डस्ट्री लीकको अनुसार भिभोले भि श्रृखलामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भि २३ फाइभ जी चाँडै नै नेपाली बजारहरूमा उपभोक्ताहरूका लागि उपलब्ध हुनेछ । टिप स्टरहरूले भि २३ फाइभजी विशिष्ट रगं परिवर्तन हुने ग्लास डिजाइन र फाइभजी कनेक्टिभिटी साथ आउनेछ भन्ने खुलासा गरेका छन् । भि श्रृंखलाका फोन भएकाले सेल्फी क्यामेरा यसको प्रमुख फोकस क्षेत्र हुनेछ । यो उपकरण सबै फोटोग्राफी र भिडियोग्राफी प्रेमीहरू, डिजिटल सामग्री सिर्जनाकर्ताहरू र भ्लगरहरूका लागि उपयुक्त हुनेछ ।

हल्ला अनुसार भिभो भि २३ फाइभ जी अगाडिको प्यानलमा उत्कृष्ट ५० एमपी अटोफोकस पोट्रेट सेल्फी सुविधाको साथ सुसज्जित हुने छ । उद्योगको अग्रणी फ्रन्ट क्यामेरा भएको यस स्मार्ट फोनले स्पष्ट, स्थिर र उज्यालो तस्बिर मात्र नलिएर यसको शिष्ट कार्यसम्पादनले फोटोग्राफरको मज्जा पनि थप्ने छ । भिभोले पहिले नै मोबाइल फोटोग्राफीलाई समर्थन गर्ने ब्रान्डको रूपमा आफूलाई स्थापित गरिसकेको छ, त्यसैले आगामी भिसिरिजको स्मार्ट फोनले उपभोक्ताहरूमाझ हलचल मच्चाइरहेको छ । भि २३ फाइभ जी ले ब्रान्डलाई स्मार्टफोन उत्साहीहरूकाबिच यसको अद्भूत विशेषताले गर्दा अग्रगामीको रूपमा स्थान दिनेछ भन्ने हल्ला बजारमा चलिरहेको छ ।

यस बाहेक, भिभोले पछाडिपट्टि अद्भुत रङ परिवर्तन हुने ग्लास फिचर गरेको छ । जसले उपकरणलाई ग्राहकहरूको लागि आकर्षक वस्तु बनाएको हल्ला छ । कोही भन्छन् कि यसको रुप–रंग एक साँचो दृश्य आनन्द हुनेछ जसले स्मार्टफोन डिजाइनको कथालाई रूपान्तरण गरेको छ । ब्रान्डले वास्तममै यस गोर्जस स्मार्टफोनमा सबैभन्दा स्टाइलिश सुविधाहरू ल्याइरहेको छ । स्मार्ट फोनले प्रयोगकर्ताको व्यक्तित्व झल्काउने भएकाले भिभोले राम्रो देखिने उपकरणको आवश्यकतालाई महसुस गरेको छ ।

हालसम्म, भिभोको आगामी स्मार्ट फोनको बारेमा यति मात्रै खुलासा भएको छ । भि २३ फाइभ जी ले उच्चस्तरको फ्रन्ट क्यामेरा प्रणालीको साथ मोबाइल फोटोग्राफीको भविष्यलाई उत्थान गर्न गइरहेको छ । भिभोको भिसिरिजका स्मार्ट फोनहरूले ग्राहकहरूमाझ लोकप्रियताको हिसाबले आशाजनक वृद्धि देखाएको छ । यो मुख्यतया भिभोको प्रचण्ड क्यामेरा नवीनता, अत्याधुनिक प्रविधि, सधैं विकसित हुने डिजाइन र अर्थमय कार्यसम्पादनको कारण हो । ब्रान्डले उपभोक्ताको मागमा केन्द्रित रहँदै उनीहरुले स्मार्ट फोनमा खोज्ने कुरालाई सही रूपमा प्रस्तुत गरेको छ । भिभोले गहन बजार अनुसन्धान र विश्लेषण पछि मात्र उच्च गुणस्तरका सुविधा भएका उत्पादनहरु ल्याउँने गर्दछ ।

प्रतिक्रिया