मंगलबार, मंसिर १८, २०८१

पीएनजीले मलेसियालाई पराजित गर्दै नेपालसँग फाइनल खेल्ने सम्भावना बलियो बनायो

नेपालखोज २०७८ चैत १८ गते १६:४५

काठमाडाैं । पपुवा न्युगिनीले मलेसियालाई ८ विकेटले पराजित गर्दै फाइनलको सम्भावना बलियो बनाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९६ रन बनायो ।

मध्यम सुरुवात गरेको मलेसियाले बलियो लक्ष्य सेट गर्न सफल भयो । पहिलो विकेटका लागि विरेनदीप सिंह र जुवादी जुल्कीफ्लीले ३८ रनको साझेदारी गरेका थिए । व्यक्तिगत १० रन बनाएर विरेनदीप आउट भएपछि साझेदारी तोडिएको थियो ।

त्यसपछि जुल्किफ्ली र कप्तान अहमद फैज मिलेर पारि अघि बढाएका थिए । २२ बलमा ४६ रनको आक्रामक पारि खेल्दै जुल्किफ्ली आउट भए । उनले ४ चौका र ४ छक्का प्रहार गरे । त्यसपछि फाइज र सैयद अजिजले मलेसियाको पारिख अघि बढाउँदा दुवै जनाले अर्धशतकीय पारि खेले । फाइजले ४३ बलमा ६३ रन बनाउँदा ५ चौका र ३ छक्का प्रहार गरे ।

सार्विन मुनिन्डेले खाता नखोली आउट हुँदा चौथो विकेट गुमायो भने लगत्तै सैयद अजिजले ६४ रनको पारि खेल्दै आउट भए । अजिजले ३५ बल फेस गरे । उनले ८ चौका र ३ छक्का प्रहार गरेका थिए । मोहम्मद अमिरले ८ रन बनाए ।

पीएनजीका काबुवा मोरेराले ४ विकेट लिँदा, चाड सोपर र रेली हेकुरले एक-एक विकेट लिए ।

प्रतिक्रिया