शुक्रबार, चैत १६, २०८०

‘व्यापारिक हिसावले भाका प्रयोग गरे मूल सर्जकले रोयल्टी पाउनुपर्छ'(भिडियो)

नेपालखोज २०७९ माघ १७ गते १३:१६

लाइभ दोहोरीले यूटुव व्यापार राम्रो गर्न थालेपछि सर्जक र कलाकारबीचको टकराव जारी छ । त्यो टकराव कुनै न कुनै हिसावले चलिरहेको छ । व्यापारिक रुपमा भाका प्रयोग गरेवापत मूल सर्जकलाई रोयल्टी दिनुपर्ने विषयमा नीतिगत व्यवस्था नुहँदा यूटुवमा कपीराइट लाग्ने, कलाकारलाई सर्जकले दबाब दिएको जस्ता कमेन्ट बाहिरिएका छन् । लाइभ दोहोरीका कलाकारले सर्जकले गरिखान नदिएको आरोप लगाइरहदा सजर्कले आफ्नो सृजनाको दुरुपयोग बढेको बताउदै आइरहेका छन् ।

यसैसन्दर्भमा सर्जक सागर विरही कुनैपनि हालतमा सृजना दुरुपयोग हुनु हुदैन भन्ने पक्षमा देखिएका छन् । नेपालखोज संबादमा कुरा गर्दै उनले सृजना सशुल्क प्रयोग गर्ने वातावरण सृजना गर्नुपर्ने धारणा राखे । विरहीसँग सहकर्मी शिखर गजरकोटेले गरेको कुराकानीको सम्पादित अंश :

व्यापरिक रुपमा भाका प्रयोग वापत रोयल्टी तिर्नुपर्ने/नपर्ने बहसमा तपाईको विचार के छ ?
व्यापारिक रुपमा बौद्धिक सम्पत्तीको दुरुपयोग भएकै छ । एउटा सर्जकले सृजना गर्न र बजारमा ल्याउन लाखौँ लगानीसँगै समय र मेहनत उत्तिकै लगाएका हुन्छन् । अनुमति विना, यूटुव व्यापारका लागि निशुल्क भाका प्रयोग गर्ने कामले मूल सर्जकले सृजनाको मुल्य पाएको छैन् । पाउनुपर्छ । एउटा मापदण्ड बन्नुपर्छ ।

आ–आफ्नो तरिकाले तर्क गर्ने काम भइरहेको छ । रोयल्टी व्यवस्थापनको अगुवाई कस्ले गर्ने त ?
यो विषयमा लामो समय देखि मैले पनि गहन रुपमा अध्ययन गरिरहेको छु । एउटा गीत बजारमा पठाउन पाउँदा नपाउँदै निशुल्क रुपमा विना कुनै जानकारी अर्को व्यक्तिले यूटुवमा अपलोड गर्छ भने एउटा सर्जकले कसरी सहने ? डलर खेतिको लागि आफ्नो सृजना कसैले प्रयोग गर्छ भने सर्जकको मन कसरी मान्ला र ? उस्को परिचयका लागि मेरो सृजना प्रयोग गर्छ भने म कसरी सहमत हुन्छु र ?

प्रतिलिपि अधिकारको कुरा गर्दा पनि राज्यले लोक गीतलाई हलुका हिसावले परिभाषित गरेको पाइन्छ । राज्य पनि संवेदनशील नबन्ने, एउटा कलाकारको सृजनालाई अर्को कलाकारले हलुका रुपमा नलिएको अवस्थामा कला, संस्कृतिको संरक्षणका लागि स्थापना भएका संघसंस्थाले चासो नदिनु दुर्भाग्य हो । राज्यले ध्यान नदिएको मौका छोपेर सृजनाको दुरुपयोग गर्नु राम्रो काम होइन् ।

अहिले व्यापारिक उद्देश्यले लाइभ दोहोरी मौलाएको छ । उहाँहरुले निशुल्क भाका प्रयोग गरिरहनुभएको छ । जसरी, छोराछोरीको माया बाबुआमालाई भएजस्तै सृजनाको मुल्य मूल सर्जकलाई मात्र थाहा हुन्छ । हिजो बरु रिमेकको नाममा स्टुडियोमा त पस्थ्यो, त्यो गीत । अहिले त सामान्य स्टुडियोमा रेकर्ड गरिन्छ । त्यसको व्यापारको कुनैपनि अंश मूल सर्जक कहाँ पुग्दैन् । कतिपय अवस्थामा त सर्जक नै हराउने गरेको छ । टाइटल अस्वभाविक, गीतमा अश्लिलता भेटिन्छन्, यस्तो कुराको म पनि विरोधी हुँ । यस्ता वेतिथीहरुलाई नियन्त्रणमा ल्याइनुपर्छ ।

भनेको व्यापारिक प्रयोगमा रोयल्टी दिइनुपर्छ ?
हो, जस्ले कमाउने उद्देश्यले भाका प्रयोग गर्छ । उस्ले मूल सर्जकलाई रोयल्टी दिनुपर्छ । यूटुवमा डलरको कमाइ हुदैन भने कुनैपनि लाइभ दोहोरी चल्दैनन् । त्यसकारण कसैको सृजनाको प्रयोग भइरहेका छन् भने उस्लाई सानो हिस्सा भएपनि दिनुपर्छ । आम्दानीको लागि जस्को सम्पत्ती पनि प्रयोग गरिदिने ? यो विषय त सोचनीय छ नी ।

गीत गाइएन भने कसरी जनजिब्रोमा झुण्डिने त ?
गीत गाइनुपर्छ । त्यो तर्कमा म विमति राख्दिन । अहिलेको अवस्थामा कुनैपनि भाकालाई दर्शकले मन पराएका छैनन् भने ती भाकामा दोहोरी गाइएको छ र ? हो, त्यसकारण कमाउ सोचले काम गरिन्छ भने सर्जकले पनि केही हिस्सा पाउनुपर्छ ।

भिडियो हेर्नुस् ।

प्रतिक्रिया