शनिबार, जेठ ५, २०८१

आकर्षण

प्रभादेवी पौडेल २०७८ चैत १९ गते ९:१९

उनी त्यस अफिसमा सरुवा भएर आएको हप्ता दिन पनि बित्न नपाउँदै अफिसको हाकिमले उनलाई बोलाएर नयाँ कामसम्बन्धी दायित्व र जिम्मेवारी बताए । उनी हेर्दा असाध्यै राम्री थिइन् । उनलाई देख्नेबित्तिकै हाकिमले शिरदेखि पाऊसम्म नियाले र एकोहोरो रुपले टोलाए ।
हाकिमको ध्यान भंग गर्दै मीराले भनिन्, ‘सर मलाई हजुरले बोलाउनुभएको हो ?’ उनी झस्किए र भने, ‘हँ ? ए साँची हजुर नयाँ मान्छे यसो कामको जानकारी गराउन बोलाएको नि ।’

उसले सबै नालिबेली सोध्यो । साथै पतिको बारेमा धेरै प्रश्न तेर्स्यायो कुनै कमजोर पक्ष भेटिन्छ कि भनेर । घरकी सँग तुलना गर्यो । सोच्यो ‘मेरी बूढी यस्तै भइदिएको भए म कति भाग्यमानी हुने थिएँ होला ।’

मीराले पनि सोची- ‘मान्छे पनि कति राम्रो शारीरिक बनावट पनि उस्तै मिलेको मेरो पति पनि यस्तै भइदिएको भए जिन्दगी कति राम्रोसँग बित्ने थियो होला ।’

-‘के सोच्नु भएको मेडम ?’
-‘केही पनि होइन ।’
-‘अनि तपाईंले नी ?’
-‘मैले पनि केही सोचेकी छैन ।’

अर्ध वैंशे पुरुष होस् या स्त्री एक-अर्कालाई देखेपछि कुन किसिमको भाव पैदा हुन्छ भन्ने कुरा यसै नि थाहा हुन्छ नि मेडम । उनी लजाउँदै भनिन्- ‘म त स्त्रीहरुमा मात्र यो भाव आउने होला भन्ने सोचेको त पुरुष हरुमा पनि त्यस्तो हुने रहेछ हगी सर ?’
उनीहरु एक-अर्कामा हराए ।

उनी झस्किइन् । आफ्नो शरीरमाथिको पतिको हात हटाइन् ।
अनि जुरुक्क उठेर आफ्नो दैनिक धन्दामा लागिन् । त्यस दिन उनका पति उनीसँग निकै खुसी देखिन्थे किन भने त्यस रातको पति-पत्नीबीचको क्रीडामा मीरा निक्कै रोमान्टिक बनेकी थिइन् ।
-भरतपुर ९, चितवन

प्रतिक्रिया