मंगलबार, जेठ ८, २०८१

महिनाबारी गडबड छ ?, यसरी गर्नुहोस् प्राकृतिक उपचार !

डा. हेमराज कोइराला २०७८ चैत २१ गते ९:१७

जीवनको कुनै न कुनै कालखण्डमा हरेक महिलाले महिनाबारीसँग जोडिएको समस्याहरुको सामना गरेकै हुनपर्छ । पछिल्लो समयमा आएर यो समस्याले आम समस्याको रुप धारण गर्दा जादाँ जनस्वास्थ्यलाई ठूलो प्रभाव पारेको छ । महिनाबारी हुनुपर्ने समयभन्दा अघि नै भइदिने वा समयभन्दा पछाडि हुने, महिनाबारी सुरु हुनपूर्व नै पेटदुख्ने, बेचैनी बढ्ने, मुड गडबड हुने, तनाव चिन्ता भय, उदाशीनताको लक्षणहरु देखिने, कम्मर दुख्ने, महिनाबारी मा धेरै रगत बग्ने वा कम बग्ने, महिना वारि कष्टप्रद हुनेजस्ता समस्या आम समस्या हुन् ।

जीवनकालमा यदाकदा यस्ता समस्या आए खासै आत्तिनु पर्दैन तर यी समस्याहरु लामो समयसम्म रहिरहे अनेकौ स्वास्थ्यसम्बन्धी समस्याहरु निम्तिन सक्छ । महिनाबारीसम्बन्धी समस्यालाई हामीले कहिले पनि नजरअन्दाज गर्नु हुँदैन र यस समस्याको उपचार गर्दा सकभर प्राकृतिक उपचार विधिलाई अपनाउनुपर्दछ ।

ज्वानोको प्रयोग : महिनाबारी सम्बन्धित समस्या भएकाहरुले एक चम्चा ज्वानोलाई ३ घण्टासम्म १ गिलास पानीमा भिजाएर साँझ, बिहान दिनको दुईचोटि पानी पिउनुपर्छ । ज्वानोमा विद्यमान एन्टिअक्सिडेन्ट द्रव्यहरुले पाठेघर र कटी क्षेत्रको रक्तसञ्चार बढाइदिने हुँदा महिनाबारी नियमित हुन मद्दत गर्दछ ।

मेवाको प्रयोग : महिनाबारी गडबड भएकाहरुले काचो मेवाको जुस खानु सवैभन्दा उत्तम हो । मेवाको चोपमा / दुधमा विद्यमान प्यापीन नामक तत्त्वले एस्ट्रोजन हाम्रोनको स्तर बढाई दिन्छ र महिनाबारी ठिकगर्न मद्दत गर्दछ । पाकेको मेवाको फल एवं रसको दैनिक सेवन गरे यो रोगमा राम्रो गर्दछ । तर महिना बारी भएको वेला यो विधि अपनाउनु हुदैन । यसै गरि गर्भवस्थाको कारणले महिनावारी नभएको भए गर्भवती भए नभएको निक्र्यौल गरेर मात्र यो विधि अपनाउनुहोला किनकि गर्भवस्थामा मेवाको सेवन ले गर्भपात हुन सक्छ ।

अदुवाको प्रयोग : १ चम्चा अदुवाको रसलाई १ चम्चा मह सँग मिलाएर पानीमा घोली विहान बेलुका पिउनाले महिनाबारी को गडबडीमा ठूलो राहत पुर्‍याउँछ । अदुवामा विद्यमान तत्त्वहरुले पाठेघरको मांशपेशीको अनियन्त्रीत ऐंठन एवं रक्त श्रावलाई नियन्त्रण गर्दछ । अदुवा उष्ण-धर्मी भएकाले दुखाइ कम गर्न र योनी प्रदर कम गर्न मद्दत गर्दछ । अदुवाको पानीलाई उमालेर पिउदा पनि दुखाइ कम हुन्छ ।

फर्सीको बीउ : फर्सीको विऊलाई हल्का भूटेर आधा आधा चम्मच विहान बेलुका खाने गर्दा अनियमित एवं कष्टकर महिना बारी मा ठूलो राहत पुर्‍याउँछ । फर्सीको बीऊमा प्रसस्त मात्रामा जिंक धातु छ । यस धातुले शरीरमा टेष्टेष्टोरोेन हार्माेनको स्तर बढाउन मद्दत गर्दछ र महिनाबारी लाई नियमीत गराउदछ ।

कालो तिल : कालोतीलमा लिगनिन नामक तत्त्व विद्यमान छ । यो तत्त्वले हर्मोन र पाठेघरको तत्त्वको सम्पर्कलाई मजवुत बनाउँछ । यसका अलावा तीलले पाठेघर र कटी प्रदेशको रक्त सञ्चारलाई पनि नियमित बनाइराख्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया