निर्वाचन आयाेगले दलहरूसँग छलफल गर्दै

नेपालखोज २०७८ चैत २२ गते १०:०२

काठमाडौं । निर्वाचन आयोगले आज (मंगलबार) राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावबारे आयोगले छलफल गर्ने भएको हो । बिहान साढे ११ बजे दलका प्रतिनिधिसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले बोलाएको छलफलमा स्थानीय चुनावमा भाग लिने दल सहभागी हुनेछन् । यस्तै चुनावको तयारी र आचारसंहिता सम्बन्धमा पनि चर्चा हुने जनाइएको छ ।

विभिन्न राजनीतिक दलहरूले गर्ने चु्नावी तालमेलका सम्बन्धमा पनि दलहरूबीच छलफल हुने भएको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले पनि तालमेलको तयारी गर्दैछ ।

प्रतिक्रिया