नेकपाका नेता कार्यकर्तालाई एक हप्ताभित्र रिहा गर्नुपर्छ : खड्गबहादुर विश्वकर्मा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र प्रधानमन्त्री शेरबहादुर देउवासहितको सरकारी टोलीबीच भेटवार्ता भएको छ ।
हिजो (मंगलबार) भएको भेटमा तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो । भेटमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, गृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको सहभागिता रहेको थियो ।
भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्डले तीन बुँदे सहमति कार्यान्वयनमा सरकार इमान्दार नभएको समेत आरोप लगाएका थिए। उनले नेकपाका नेता कार्यकर्ता रिहा नभएकोले एक हप्ताभित्र सबै बन्दीलाई रिहा गर्नुपर्ने र नेकपाका नेता कार्यकर्तामाथि लगाइएको मुद्दा यथाशाक्य छिटो खारेज गर्नुपर्ने बताएका छन् । सरकारी टोलीले तीन बुँदे कार्यान्वयनमा सरकार इमान्दार भएको जवाफ दिएका थिए ।

प्रतिक्रिया