युनिग्लोव कलेजद्वारा अन्तराष्ट्रिय व्यवस्थापन सम्मेलनको आयोजना

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर स्थित युनिग्लोव कलेजले चैत्र २३ र २४ गते २ दिने अन्तराष्ट्रिय व्यवस्थापन सम्मेलन आयोजना गरेको छ । कार्यक्रममा अमेरिका, फ्रान्स, स्लोभेनिया, मलेसिया, भारतसहित ६ वटा मुलुकको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.प्रेम नारायण अर्यालले कायृक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका प्रिसिन्पल एवं म्यानिजिङ डाइरेक्टर डा.नर बहादुर विष्टले कोभिड पछाडीको अर्थतन्त्रलाई उकास्न र त्यसको अध्ययनलाई निरन्तरता दिन यस्ता कार्यक्रम निकै फलदायी रहेको बताए । हरेक वर्ष झै यस वर्षपनि यस कार्यक्रमले निरन्तरता पाएको उनले बताए । कलेजले हालसम्म ९ पटक अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरिसकेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.प्रेम नारायण अर्यालले युनिग्लोवले आयोजना गरेको यस्तो कार्यक्रमले समर्ग शैक्षिक जगतमा उदाहराणिय काम गर्नुका साथै अनुसन्धान तथा खोजमुलक अध्ययनमा निकै मनोवल बढाउनुका साथै देश विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । साथै व्यवस्थापनमा आएको चुनौती र अवसरलाई पहिचान गरी अगाडी बढ्न अनुसन्धानको ठुलो योगदान रहेको बताउँदै उनले कलेजको प्रशंसा गरे ।
पोखरा विश्वविद्यालयले सम्बन्धन प्राप्त कलेजहरुमा रिसर्च म्यानेजमेन्ट सेलको स्थापना गरेकोमा युनिग्लोव कलेजमा स्थापित उक्त सेलले निकै सक्रिय ढङ्गले काम गर्दै उल्लेखनिय योगदान गर्दै आएको उनले बताए ।

त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि पोखरा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपक बहादुर भण्डारीले विश्वको चुनौतिलाई समाना गर्न प्रविधिको ठुलो हात रहेको बताउँदै त्यसमा इनोभेसन र रिसर्चले महत्वपुर्ण भूमिका खेल्ने बनाएका छन् ।
साथै युनिग्लोव कलेजले आयोजना गरेको यस्ता अनुसन्धान प्रयासले देश विकास तथा राज्य सञ्चालनमा टेवा पुग्नुका साथै विद्यार्थीहरुको मनोवल उच्च बनाउन महत्वपुर्ण भुमिका खेल्ने बाताए । कार्यक्रममा उक्त कन्फेरेन्सका अध्यक्ष एवं कलेजका शैक्षिक निर्देशक प्रा.डा.राधे श्याम प्रधानले यस्तो कार्यक्रम विभिन्न देश विचमा सम्बन्ध विकास गर्ने र खोजमुलक अनुसन्धान प्रति विद्यार्थीको रुची बढ्नेछ भन्ने अभिप्रायले यो कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएका बताए ।
कार्यक्रममा विभिन्न ६ राष्ट्रका प्राज्ञिक व्यत्तित्वहरुले आफ्नो विचार र अनुसन्धानहरु प्रस्तुत गरेका थिए । कलेजका कार्यक्रम निर्देशक अनन्तराज घिमिरेले कार्यक्रममा ७०० भन्दा बढिको सहभागिता रहेको बताए। साथै युनिग्लोव कलेजको यस प्रयासले विद्यार्थीहरुमा आत्मविश्वास बढाउने र क्षमता अभिवृदी गर्ने विश्वास प्रकट गरे । कार्यक्रममा ६ देशका विज्ञहरुले आफ्नो विचार राखेका थिए ।








प्रतिक्रिया