झापामा राप्रपा प्रवेशको लहर, रेखासँग सेल्फी लिने रहर (फोटो फिचर)

काठमाडाैं । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गृहजिल्ला झापामा पार्टी प्रवेश कार्यक्रमलाई तीव्र पारेका छन् । आज झापाको विर्तामोड नगरपालिका वडा नम्वर ७ र ८ का सयाैं कार्यकर्ता विभिन्न पार्टी परित्याग गर्दै राप्रपा प्रवेश गरेका हुन् ।
अध्यक्ष लिङ्देनको साथमा अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापा, सहायक प्रवक्ता भक्तिप्रसाद सिटाैला लगायतले नव प्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए । राप्रपाको प्रभाव क्षेत्र मानिएको झापामा अध्यक्ष लिङ्देनको दाैडधूप बढेको हो । उनले ७४ सालको निर्वाचनभन्दा झापाबाट बढी मत आउने अपेक्षासहित गृहजिल्लाई प्राथमिक्तामा राखेका हुन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी तीनै तहको निर्वाचनमा पार्टीले जनताको मन जित्ने दाबी गरेका छन् । उनले राप्रपालाई कमजोर नमान्न पनि चेतावनी दिए । उनले आगामी दिनमा नेतृत्वले पहिला गरेको गल्तीहरु नदोहोर्याउने स्पष्ट पारे । उनले राप्रपालाई एकपटक विश्वास गरेर हेर्न अनुरोध समेत गरेका छन् । उनले भ्रष्टचारलाई निर्मूल पार्न सकेमात्र देश विकास हुने बताए । उनले देशको मुख्य समस्या भ्रष्टचार रहेको बताउँदै भ्रष्टचारीलाई तह नलगाई देश विकास नहुने बताए ।
संघीया निर्वाचनतर्फ राप्रपाले एकमात्र सिट जितेको निर्वाचन क्षेत्र नं ३ हो । यो कार्यक्रम भएको क्षेत्र नं २ हो । सहायक प्रवक्ता सिटाैलाको यस क्षेत्रमा राम्रो प्रभाव छ । लोकप्रिय नेतामा मानिने उनलाई राप्रपाले आगामी दिनम पनि यस निर्वाचन क्षेत्रबाट नै उम्मेदवार बनाउने बुझिएको छ ।
१६५ निर्वाचन क्षेत्रमध्ये राप्रपा झापा ३ मा मात्र विजयी बनेको थियो । राजेन्द्रको राम्रो पकड रहेको क्षेत्रका रुपमा यस ठाउँलाई पनि हेरिन्छ । विर्तामोड ८ का वडाध्यक्ष अजयकुमार कार्कीले कांग्रेस, एमाले र माओवादी जति नै मत ल्याएका थिए । उनले ७४ को निर्वाचनअघि उम्मेदवार बन्दै गर्दा तीन ठुलाे दल एकातीर आफू एकातीर र अझ बराबर मत ल्याउने चुनाैती पेस गरेका थिए । निर्वाचनमा अपेक्षाकृत मत कांग्रेस, एमाले र माओवादीको जोड्दा जति मत हुन्छ त्यस्को हाराहारी मत कार्कीले प्राप्त गरेका थिए । मेयरमा भने विर्तामोडमा राप्रपा तेस्रो बनेको थियो ।

















प्रतिक्रिया