मंगलबार, जेठ ८, २०८१

काँधको जोर्नी जाम हुने समस्या

डा. हेमराज कोइराला २०७८ चैत २५ गते ८:५५

काँधको जोर्नी जाम हुने समस्याले केही वर्षदेखि आम समस्याको रूप धारण गरिरहेको छ । यो समस्याको चपेटामा परेकाहरुको जीवनको गुणवत्ता बिग्रन जानुका साथै काम गर्न कठिनाई पनि ल्याएर आर्थिक भार पनि बेहोर्नुपर्ने हुन्छ । यस समस्यालाई चिकित्सकीय भाषामा एड्हेसीव क्यापसुलाइटिस (Adhesive Capsulitis) भनिन्छ । काँधको जोर्नीहरुलाई बाँध्ने ज्वाइन्ट क्यापसुलमा प्रदाहत्मक क्रिया भएर ज्वाइण्ट क्यापसुल सुन्निने हुँदा यस समस्यालाई (Inflammation) को चपेटामा पर्दा यो अड्ड रातो तातो भएर सुन्निने दुख्ने र विस्तारै काम गर्न नसक्ने हुने गर्छ ।

यस हुँदा काँधको जोर्नी चलाउने नसकिने हुन पुग्छ । जबरजस्ती चलाउन खोजे अत्यन्त कष्टकर हुन जान्छ, दुख्छ । यो समस्या विस्तारै सुरु हुने समस्या हो र क्रमिक रुपमा विस्तारै बढ्दै गएर गम्भीर अवस्थासम्म पनि पुग्न सक्दछ । सामान्यतथा यो समस्या ४० देखि ६० वर्ष बीचका मान्छेलाई हुने गर्छ । महिलाहरुमा पुरुषभन्दा ज्यादा देखिएको छ ।

सामान्य मान्छेभन्दा यो रोगले, डायबिटिज÷मधुमेह, थाइराईड हार्मोनको कमी, मुटुरोग, टीवी अन्य जोर्नी दुखाई, युरिक एसिडको समस्या, फ्याक्चर पश्चातको प्लाष्टर बाँधेको अवस्था काँधको चोटपटक आदि भएको अवस्थामा ज्यादा देखिने गरेको छ । कारण : यो रोगको यकिन गर्न मिल्ने खालका खासै कारणहरु छैनन् तथापि निम्न कारणहरुलाई यो रोगको जोखिम कारक तत्व मान्न सकिन्छ ।

१) काँधको चोट

२) काँधको शल्यक्रिया

३) गर्दनको डिक्स रोग

४) थाइराइडको समस्या

५) मधुमेह

६) ४० पछिको उमेर

७) बाथ रोग

८) मुटुरोग

९) मस्तिष्क घात

१०) पार्किन्सन रोग

११) फ्याक्चरको दौरानको इमाविलाइजेस

१२) दुर्घटना

१३) फोक्सोको समस्या, टीभी

लक्षण : काँधको जोर्नी जाम हुँदा जाम भएको जोर्नी वरिपरी पीडा हुन्छ । पीडा जोर्नी चलाउदा झन बढ्दछ ।

चरणहरु : काँधको जोर्नी जामहुने समस्या निम्न लिखित ३ चरणमा प्रस्तुत हुने गर्छ ।

१) जोर्नी जाम हुने (Freezing State) : यो प्रारम्भिक अवस्था हो । यस अवस्थामा असाध्यै पीडा हुन्छ र जोर्नीको क्याफ्यूल बीचको पानी साइनोभीयल फ्लूइड सूक्छ । यस अवस्थामा पीडाको कारणले जोर्नी चलाउन समस्या हुन्छ । दर्द निवाकर औषधीले पनि खासै असर हुँदैन ।

२) फ्रोजन स्टेज (Adhesion State) : यस अवस्थामा काँध कडा हुन्छ र काँधको गति कम हुन्छ । पीडा सामान्य रुपमा कम हुन्छ तर जोर्नी चलाउन खोज्दा धेरै दुख्छ । सामान्यतया यो चरण ४ देखि ९ महिनासम्म रहन सक्छ ।

३) थोइङ स्टेज (Thowing Stage) : यस अवस्थामा विस्तारै जोर्नी जाम कम हुन्छ र सामान्तया ५ देखि २६ महिना सम्म चल्न सक्दछ ।

परिक्षण: फिजिकल टेष्ट : काँधको जोर्नी जाम हुने रोगमा डाक्टरले धेरै प्रकारका शारीरिक परिक्षणहरु गर्ने गर्छन् । यी परिक्षणहरु मुख्यतः जोर्नीको रेञ्ज अफ मोसन र यालेसँग सम्बन्धित छन् । जोर्नी चलाउँदा दुख्यो भने र जोर्नी फ्रि घुम्न सकेन भने जोर्नी जाम भएको मानिन्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया