बिहीबार, जेठ ३, २०८१

कुरानमा के छ ?

नेपालखोज २०७८ चैत २५ गते ५:०१

हाम्रो जन्मको उद्देश्य हाम्रो जीवनसँग सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरूको उत्तर दिन धेरैजसो विश्व ख्यातिप्राप्त विद्वान् तथा साधारण व्यक्तिहरू असमर्थ छन्- हामी यो संसारमा किन छौं ? हाम्रो जीवनको उद्देश्य के हो ? हाम्रो जीवनको असल उद्देश्य र लक्ष्य के हो भन्ने प्रश्नको जवाफमा कुरआनले एकदम सही र स्पष्ट उत्तर दिएको छ । अल्लाहले भन्नुभएको छ- ‘मैले जिन्न (आगोबाट सष्टि गरिएको एक प्रकारको अदृश्य प्राणी) र मानवलाई केवल आफ्नो इबादत (उपासना) गर्नका लागि सृष्टि गरेको हुँ ।’ (कुरान : ५१/५६)

त्यसैले अल्लाहको उपासना गर्नु नै हाम्रो जीवनको असल उद्देश्य हो । योबाहेक जे जति कार्यहरू छन, ती सबै जीवन निर्वाह गर्ने साधन र यसका परिपरक मात्र हुन् । तर यसको अर्थ यो पनि होइन कि अल्लाहको उपासना गर्न जागिर त्यागेर, घरपरिवारको माया मारेर वन जंगल वा मठ मन्दिरमा साधु बनेर बस्नु पर्छ । इस्लामले कहिल्यै पनि भौतिक सुख र नैतिक आनन्दबाट वञ्चित गर्दैन । सलाह पढ्न, व्रत बस्नु, दीनदु:खी तथा गरिबहरूलाई दान दिनुलगायत मानिसको हरेक क्रियाकलाप, उसको कर्म, कुराकानी, आविष्कार तथा अरुसँगको नैतिक सम्बन्ध, यहाँसम्म कि श्रीमतीसँग गरिने चोखो माया र सम्भोग पनि उपासना हो । त्यसैले रसलू (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ- ‘सम्भोग पनि सदका (दान) हो ।’ (मुस्लिम : १००६)

यसरी एउटा मुस्लिमले प्रत्येक क्रियाकलापबाट प्रतिफल र पुण्य पाउँछ, यहाँसम्म कि श्रीमतीसँग राखिने शारीरिक सम्बन्ध पनि उपासना हो । यस प्रकार उपासना हाम्रो जीवनको उद्देश्य हुन जान्छ । मुस्लिमको दैनिकी विभिन्न प्रकारको उपासनामा बित्ने गर्दछ । अल्लाहले भन्नुभएको छ- ‘भनिदेऊ, मेरो सलाह (नमाज), कुर्बानी, भक्तिहरू तथा जीवन र मरण सबै सम्पूर्ण सम्पूर्ण सारका पालनकर्ता अल्लाहकै लागि हुन् ।’ (कुरान : ६/१६२)

इस्लाम हरेक जात, वर्ग, लिङ्ग, गोरो, कालो, विभिन्न संस्कार, परम्परा बोकेका समदुाय र देशविदेशको लागि दया, माया, करुणा र मार्गदर्शन बनेर आएको छ । अल्लाहले भन्नुभएको छ- ‘हे सन्देष्टा, हामीले तिमीलाई सम्पूर्ण संसारवासीका लागि दया र करुणा बनाएर पठाएका छौं ।’ (कुरान : २१/१०७)

इस्लामले हरेक समदुायको संस्कार र परम्परालाई सम्मान गर्दछ । नयाँ मुस्लिमले मानिरहेका संस्कार यदि इस्लामको विपरीत छैन भने त्यसलाई त्याग्न वा परिवर्तन गर्न आवश्यक छैन । तर जुन बेला यो संस्कार इस्लामी नीति नियमसँग बाझिन्छ, त्यस बेला परिवर्तन गर्नु अनिवार्य छ, किनकि इस्लामका सम्पूर्ण नीति-नियमहरू सर्वज्ञाता अल्लाहद्वारा नै पारित गरिएका हुन् । उहाँको पूर्ण अनुसरण तथा आज्ञापालन नै उहाँमाथि आस्थाको अभिलाषा हो । स्मरण रहोस् ! इस्लामसित सम्बन्धित नरहेका कुनै पनि मस्लिमको संस्कार, परम्परा र बानीलाई अर्को मुस्लिमले अनुसरण गर्नु आवश्यक छैन, किनकि यो एउटा वैध परम्परा र संस्कार हो । हरेक ठाउँमा अल्लाहको उपासना गर्न सकिन्छ । इस्लाम विश्वव्यापी धर्म हो ।

इस्लामले सम्पूर्ण भूमिलाई बस्न र अल्लाहको उपासना गर्न योग्य ठान्दछ । बसोबासको लागि कुनै देश र ठाउँको हदबन्दी गरिएको छैन, यदि स्वतन्त्रताका साथ अल्लाहको उपासना गर्न पाइन्छ भने विश्वको जनसु कै ठाउँमा बसोबास गर्न सकिन्छ ।

कुनै पनि नयाँ मुस्लिमले बसाई सराई वा कतै हिजरत (प्रवास) गर्नु पर्दैन जबसम्म उसलाई अल्लाहको इबादत गर्नमा प्रतिबन्ध नलगाइयोस् । अल्लाहले भन्नुभएको छ- ‘हे मेरा आस्थावान् भक्तहरू हो, मेरो धरती धेरै फराकिलो र विशाल छ, केवल मेरो उपासना गर ।’ (कुरान : २९/५६)
(फहद बिन सालिम बाहमामको नयाँ मुस्लिम निर्देशिकामा आधारित ।)

प्रतिक्रिया