‘वैदेशिक रोजगारबाट फर्किएर नेपालमा नै उद्यम गर्ने ८ जनालाई सम्मान’

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्किएर नेपालमा नै उद्यम गर्ने ८ जना उद्यमीहरुलाई सम्मान गरेको छ । शुक्रबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर वैदेशिक रोजगारीबाट फर्कि नेपालमा उद्यम गरेका ८ जना उद्यमीहरुलाई उद्यमी राष्ट्र पुरस्कार र उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मान गरेको हो ।
मन्त्रालयले ७ जना उद्यमीलाई ७५ हजार बराबरको उद्यमी राष्ट्र पुरस्कार र १ जनालाई १ लाख ५० हजार बराबरको उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मानित भएका छन्। उक्त सम्मान कार्यक्रममा श्रम मन्त्री किसान श्रेष्ठले वैदेशिक रोजागारमा गएका रोजगारीमा गएर फर्किएका वा जान लागेका सबैलाई राज्यले सम्मान गर्नु पर्ने बताए । उनले वैदेशिक रोजगारीमा जानेहरुलाई राज्यले सम्मान गर्नुपर्छ भनेर निरन्तर लागि परेको दाबी गरे ।
मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा गएर नेपालमा १० लाख बराबरको पैसा पठाउँदा १० लाख नै ब्याज विना सिमित समयको लागि दिने व्यवस्था सरकारले गर्ने लागेको बताए । उनले वैदेशिक रोजगारीमा गएर श्रमिकले कमाएको रेमिटेन्सबाट देशको अर्थतन्त्र चलेको भए पनि वैदेशिक रोजगारीमा जाँदा ठकिने अवस्थाको अन्त्य गर्न नसकिएको बताए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारबाट फर्किएर नेपालमा नै उद्यम गर्नेहरुलाई बैंकहरुले सहुलियत कर्जा दिन नदिएको अनुगमन मन्त्रालयले गर्ने बताए ।
सम्मानित हुने उद्यमी शंकरकुमार ओलीले खाडी मुलुकबाट फर्किर नेपालमा आएर सानो उद्यम गर्दा राज्यले सम्मान गर्दा सपना जस्तो लागेको बताए । उनले कँही कसैलाई भन्सुन नगरी थाहा नै नभईकन मन्त्रालयबाट परस्कार ग्रहण गर्न पाउँदा खुसी लागेको बताए । अर्का सम्मानित उद्यमी हरिप्रसाद जैसीले कोरियामा सिकेर आएको सिपलाई नेपालमा प्रयोग गर्दा सम्मान पाएकोमा खुसी भएको बताए । उद्यमी बन्न विभिन्न समस्या रहेको बताए ।
मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर नेपालमा नै उद्यमीहरुलाई नेपाललाई चाहिने नेपालले चाँहेको र श्रम मन्त्रालयले चाँहेको जस्ता उद्यमीहरु उत्पादन गर्ने उद्देश्यले काम गरिरहेको बताएको छ ।

प्रतिक्रिया