चितवनका नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनाेनीत
नेपालखोज
२०७८ चैत २५ गते २०:५३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनाेनीत गरेकी छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज एक विज्ञप्ति जारी गर्दै दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनाेनीत गरिएको जानकारी गराएका छन् ।
सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा श्री नारायणप्रसाद दाहाल, चितवनलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको छ- जारी विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित

प्रतिक्रिया