आइतबार, वैशाख २८, २०८२

यी हुन् प्रदूषित देश तथा सहर !

नेपालखोज २०७८ चैत २६ गते १४:३०

काठमाडौं । प्रदूषित देश तथा प्रदूषित सहर मानव स्वास्थका दृष्टिले निकै खतरनाक साबित हुन सक्छन् । वायु प्रदूषण (Air Pollution) अर्थात हावामा विद्यमान विषालु कण मानिसको फोक्सो, रगत तथा मस्तिष्कसम्म पुग्छ । जहाँ-जहाँ यी कण पुग्छन् त्यहाँ आर्टरिज, नर्भ्स तथा मसल्स ब्लक हुनसक्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को रिपोर्टअनुसार प्रत्यक वर्ष ७० लाख मानिस यस्तै प्रदूषणका कारण उत्पन्न रोगले मृत्युवरण गर्न बाध्य हुन्छन् ।

कसरी तयार गरियो मापदण्ड ?

सबैभन्दा प्रदूषित र सबैभन्दा शुद्ध हावा (The Purest Air) भएका सहर छान्न ११७ देश तथा सहरका लागि २.५ पीएमको मापदण्ड निर्धारण गरिएको थियो ।

सबैभन्दा प्रदूषित देश

-बंगलादेश – ७६.९

-चाड – ७५.९

-पाकिस्तान – ६७.८

-ताजिकिस्तान – ५९.४

-भारत – ५८.१ सबैभन्दा प्रदूषित सहर

-नयाँदिल्ली (भारत) ८५.०

-ढाका (बंगलादेश) ७८.१

-अनजमेना (चाड) ७७.६

-दुशानबे (ताजिकिस्तान) ५९.५

-मस्कट (ओमान) ५३.९ प्रदूषणरहित तीन देश जहाँको एयर क्वालिटी इन्डेक्स ५ भन्दा कम छ ।

-न्यु क्यालेडोनिया (New Caledonia) – ३.८ AQ I

-यूएस भर्जिन आइल्यान्ड (U S Virgin Islands) – ४.५ AQ I

-प्युटोरिको (Puerto Rico) – ४.८ AQ I

प्रदूषणरहित चार सहर जसको एयर क्वालिटी इन्डेक्स ५ भन्दा कम छ ।

-नोमिया (Noumea, New Caledonia) – ३.८

-शेरोलेट एमली (Charlette Amalie, U S Virgin Islands) – ४.५

-सान जुआन (San Juan, Puerto Rico) – ४.८

-क्यानवेरा (Canberra, Australia)- ४.८

(Source- World Air Quality Report 2021- IQ Air) डब्लुएचओको एयर क्वालिटी गाइडलाइनअनुसार सफा र शुद्ध हावाको मापक PM २.५ – २४ घन्टाको औसत १५ माइक्रोग्राम प्रति क्युबिक मिटरभन्दा बढि हुनुहुँदैन भने वर्षको औसत ५ माइक्रोग्राम प्रति क्युबिक मिट भन्दा बढि हुनुहुँदैन । PM१० – २४ घन्टाको औसत १५ माइक्रोग्राम प्रति क्युबिक मिटरभन्दा बढि हुनुहुँदैन । एक वर्षको औसत ४५ माइक्रोग्राम प्रति क्युबिक मिटरभन्दा बढि हुनुहुँदैन ।

NO2 – नाइट्रोजन डाइअक्साइड २४ घन्टाको औसत २५ माइक्रोग्राम प्रतिक्युबिक मिटरभन्दा बढि हुनुहुँदैन । एक वर्षको औसत १० माइक्रोग्राम प्रत क्युबिक मिटरभन्दा बढि हुनुहुँदैन । यदि कुनै सहरमा प्रदुषित कण तथा ग्यास को स्तर यसभन्दा कम हुन्छ तब मात्र त्यो सहरको हावा सफा र शुद्ध मान्न सकिन्छ ।

प्रतिक्रिया