झापाको विर्तामोडमा उपमेयर प्रसाईंको मेयर बन्ने आधार बलियो बन्यो, बहालवाला मेयरलाई पत्याएनन्

काठमाडाैं । नेकपा एमालेका तर्फबाट स्थानीय तहको निर्वाचनका लागि मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष पदका आकांक्षी उम्मेदवारहरुको मतगणनाको नतिजा धमाधम आउन थालेको छ । एमालेले शुक्रबार उम्मेदवार चयनका लागि भन्दै निर्वाचन गरेको थियो ।
एमाले जिल्ला पार्टी कार्यालयमा राति मतगणना भयो । मतगणनाको नतिजा पनि आइसकेको छ । विर्तामोडको मेयरका लागि भएको आन्तरिक मतदानमा बहालवाला उपमेयर पवित्रा महतारा प्रसाईले सबैभन्दा बढी मतभार ल्याएर पहिलो भएकी छन् । आन्तरिक मतदानमा बर्तमान उपमेयर पवित्रा महतारा प्रसाईंले सर्वाधिक मत ल्याएकी हुन् । दोस्रो नम्बरमा प्रदेश सांसद एकराज कार्की र तेस्रो नम्बरमा बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला परेका छन् ।
विर्तामोड झापाको प्रमुख व्यपारिक केन्द्र हो । झापा रहेका १५ पालिकामध्ये संघीया र प्रदेश सरकारले पनि यस नगरलाई प्राथमिकतामा राखेर बजेट पठाउने गरेका छन् । अन्य पालिकाभन्दा विर्तामोडको बजेको आकार पनि ठुलो हुने गरेको छ । त्यहीभएर यहाँको मेयर र उपमेयर बन्न प्रतिस्पर्धीहरु केन्द्रदेखि नै लबिङ गरेर आफ्नो टिकट पाउने मत बलियो बनाउन श्रोत र साधनको भरपुर प्रयोग गर्न पछि पर्दैनन् ।
मेयरका लागि बहालवाला मेयर ध्रुवकुमार शिवाकोटी, उपमेयर पवित्रा महतारा प्रसाई, प्रदेश सांसद एकराज कार्की, उमानाथ ओली र वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले उम्मेदवारका लागि आकांक्षा राखेका थिए । तर बहालवाला मेयरलाई एमाले विर्तामोडका नेता-कार्यकर्ताले पत्याएनन् । बरु उपमेयरलाई मेयरको आकांक्षी बनाउन एमाले विर्तामोडले जिल्लालाई आग्रह गरेको बुझिएको छ । यो फेरि एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला भएकाले पनि चुनावमा बाजी मार्ने अपेक्षासहित टिकट हात पार्न लागि पर्छन् ।
उपमेयरमा देवराज कार्कीले मत ल्याएँ । दोस्रो नम्बरमा भीमा शिवाकोटी र तेस्रो नम्बरमा गणेश पोखरेल रहेका छन् । उपमेयरका लागि बद्री भट्टराई, देवराज कार्की, गणेश पोखरेल, प्रविण पोखरेल र भीमा शिवाकोटीले इच्छा राखेर निवेदन दिएका थिए । एमाले राजनीतिमा सक्रिय पोखरेल पत्रकारिता क्षेत्रका चर्चित व्यक्तित्व हुन् । नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष पोखरेल प्रेस काउन्सिलका बहालवाला सदस्य हुन् । उपप्रमुखमा आफूले टिकट पाउनु पर्ने भन्दै उनले जिल्लादेखि केन्द्रसम्म लविङ गर्दै आएका छन् । शिवाकोटी पनि पत्रकारिता क्षेत्रमा सक्रिय छिन् ।
कार्यकर्ताले दिने मतभारका आधारमा उम्मेदवार सिफारिस गर्ने एमालेको पछिल्लो पार्टी नीति छ । एमालेको सोही नीतिका आधारमा उमेदवार सिफारिसका लागि शुक्रबार मतदान भएको थियो । दिउँसो २।३० बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो । ४२६ जना मतदाता रहेको नगर कमिटीको विस्तारित बैठकमा ३८० मत खसेको थियो ।
पहिलो नम्वरमा मेयरको सशक्त दावेदारका रुपमा प्रसाईले मतभार पाएकी हुन् । प्रसाईले बहालवाला उपप्रमुखका रुपमा नगर प्रमुखमा गरेको दावेदारीलाई कार्यकर्ताको मतले स्वभाविकरुपमा लिँदै थप बल प्रदान गरेको छ । बढी मतभार ल्याउने आकांक्षीले पार्टीले तोकेको मापदण्ड पूरा गरेको देखिए टिकटका लागि प्राथमिकता पाउने एमालेले जनाउँदै आएको छ ।
आकांक्षीलाई कार्यकर्ताले दिने मतभारका आधारमा नगर कमिटीले जिल्ला कमिटीलाई उमेदवारको नाम सिफारिस गर्ने र जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरी टुङ्गो लगाउने नीति एमालेले लिएको छ । बहालवाला प्रदेश सांसद एकराज कार्कीलाई कार्यकर्ताले दोस्रो मतभार दिएँ । उनले प्रदेश सांसदबाट राजीनामा दिएर विर्तामोडको मेयर उठ्ने मनस्थितिमा बनाएका छन् ।
मेयरमा पहिलो नम्बरमा रहेकी प्रसाईंले टिकट पाएँ उपमेयरका लागि देवराज कार्कीले टिकट पाउने पक्कापक्की जस्तै छ । लोकप्रिय एमाले नेताको छवि बनाएका एकराज कार्कीले टिकट पाएँ उपमेयरमा भिमा शिवाकोटीले टिकट पाउने निस्चित छ । दुई उम्मेदवारमध्ये एक महिला अनिवार्य हुनुपर्ने निर्वाचन आचासंहितामा उल्लेख छ । सोही आचारसंहितामा टेक्दा कुनै पु्रुष उम्मेदवारले टिकट पाएँ उपमेयरमा भिमाले टिकट पाउने बताइएको छ । मेयरको टिकटमा बहालवाला उपमेयर प्रसाई हाबि भएँ कार्की र पोखरेलमध्ये एकले टिकटमा बाजी मार्ने छन् ।
यसअघि विर्तामोडको मेयरमा एमालेबाट उम्मेदवार बनेका ध्रुवकुमार शिवाकोटीले बाजी मारेका थिए । उनले नेपाली कांग्रेसका जलकुमार गुरुङलाई हराएका थिए । राप्रपा तेस्रो शक्ति बनेको थियो भने माओवादी चौथो शक्तिकारुपमा खुम्चिएको थियो ।

प्रतिक्रिया