आइतबार, वैशाख २८, २०८२

युक्रेन मात्र हाेइन सम्पूर्ण युरोप रुसको निशानामा छ : जेलेन्स्की

भन्छन् - रुसको बल प्रयोग एक विपत्ति हो जसले अन्ततः सबैलाई असर गर्छ

नेपालखोज २०७८ चैत २७ गते १२:१३

काठमाडाैं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रामकता युक्रेनमा मात्र सीमित नभएर सम्पूर्ण युरोप यसको निशानामा रहेको बताएका छन् । उनले शनिबार राति सम्बोधनका क्रममा यस्तो बताएका हुन् ।

यस समयमा, जेलेन्स्कीले पश्चिमी देशहरूलाई रूसको ऊर्जा उत्पादनहरूमा पूर्ण रूपमा प्रतिबन्ध लगाउनका साथै युक्रेनलाई थप हतियारहरू आपूर्ति गर्न आग्रह पनि गरेका छन् । उनले भनेका छन्, रुसको बल प्रयोग एक विपत्ति हो जसले अन्ततः सबैलाई असर गर्नेछ । युक्रेनको पूर्वी भागमा रुसी सेनाको परिचालनबारे जेलेन्स्कीले युक्रेन सबैभन्दा कठिन युद्धका लागि तयार रहेको बताए ।

उनले भने, ‘यो कठिन लडाई हुनेछ । हामी आफ्नो जितमा विश्वस्त छौं । हामी कूटनीतिक माध्यमबाट यो युद्ध लड्न र रोक्न पनि तयार छौं ।’

अर्कोतर्फ युक्रेनका प्रमुख वार्ताकार मिखाइलो पोडोल्याकले पूर्वी तर्फको युद्धमा रुस पराजित नभएसम्म राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट नगर्ने बताएका छन् । बीबीसी

प्रतिक्रिया