मंगलबार, वैशाख २५, २०८१

आलिया-रणवीरको विवाहमा बाउन्सर मात्रै २०० जना !

नेपालखोज २०७८ चैत २७ गते १६:४०

काठमाडौं । भारतकी अभिनेत्री आलिया भट्ट र रणवीर कपूरको विवाहको चर्चा भइरहेको छ । आलिया–रणवीरको विवाहलाई लिएर उनीहरुका फ्यानहरु निकै उत्साहित भएका छन् । यसैबीच उनीहरुको विवाहको सेक्युरिटी सिस्टमलाई लिएर विगत एक महिनादेखि तयारी भइरहेको बताइएको छ । १३ तारिखमा मेहन्दी र १४ तारिखमा विवाह हुने भनिएको थियो । तर विवाहको मिति फेरी परिर्वन भएको छ । मिती परीवर्तन हुदाँ विवाह नै स्थगित गरिएको थियो । पछिल्लो समय आलिया भट्ट र रणवीर कपुरको विहे हुने जनाइएको छ ।

विवाहमा कुनै किसिमको कमी र समस्या नहोस् भन्ने उदेश्यका साथ तीब्र तयारी भइरहेको छ । यसैबीच महेश भट्टका छोरा राहुल भट्टले सेक्युरिटीको तयारीबारे एक्सक्लुसिभ कुराकानी गरेका छन् । उनका अनुसार आलिया–रणवीरको विवाहमा २०० जना बाउन्सर बोलाइएको छ ।

उनले भनेका छन्, ‘आलिया भट्ट र रणवीर कपूरको विवाहमा सेक्युरिटीको जिम्मा युसुफ भाईले सम्हाल्ने छन् । उनको मुम्बईको बेस्ट सेक्युरिटी सोर्स ‘९/ ११’ एजेन्सी रहेको छ । विवाहमा सेक्युरिटीका लागि उनलाई हायर गरिएको छ । यस एजेन्सीमा लगभग २०० बाउन्सर्स बोलाइएको छ । मेरो टिमको पनि १० जना युवाहरु पठाइनेछ ।’

राहुलले थप भनेका छन्, ‘सेक्युरिटी गार्डस्लाई लिएर विशेष रिक्वायरमेन्ट राखिएको छ । गार्डस्को पर्सनालिटी राम्रो हुनुपर्छ, ताकी प्रभावशाली देखियोस् । डिप्लोमेटिक होस्, इङ्लिस स्पिकिङ राम्रो र विनम्र स्वभाव तथा नन् स्मोकर हुनुपर्छ ।’

उनले फेरि भने, ‘दुवै ठाउँ, चेंबुरको आरके स्टुडियो र वास्तुमा गार्डस् तैनाथ गरिनेछ । ड्रोनको काउन्टरमेजर्स पनि लिइनेछ । हरेक गेष्टको साथमा रोविङ पेट्रोल अफिसर राखिनेछ । सेक्युरिटीलाई लिएर कडा प्लानिङ गरिएको छ । म पनि सेक्युरिटीको रेखदेख गर्नेछु । एक दाईको फर्ज निभाउनेछु ।’

प्रतिक्रिया