तीनवटा प्रदेशमा आंशिकदेखि सामान्य बदली, केही स्थानमा क्षणिक वर्षाको सम्भावना

नेपालखोज २०७८ चैत २८ गते ६:१८

काठमाडाैं । हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे । अहिले देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएकाे छ ।

आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेकोछ भने बाँकी भेगको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

त्यस्तै आज राति प्रदेश नं १, वाग्मती  प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भेगको मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे ।

प्रतिक्रिया