अग्रता जोगाउन नसक्दा नेपालले ताजकिस्तानसँग ११-१ गोलान्तरको लज्जास्पद हार बेहोर्यो
नेपालखोज
२०७८ चैत २८ गते १४:५७

काठमाडौं । नेपालले एएफसी फुटसल एसियन कप छनोटमा लगातार दोस्रो हार व्यहोरेको छ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्टस् कप्लेक्समा आज ताजिकिस्तानसँग ११-१ गोलान्तरको लज्जास्पद हार व्यहोरेको हो ।
यसअघि उज्वेकिस्तानसँग नेपाल ५-१ गोलान्तरले पराजित भएको थियो । ताजिकिस्तानसँग सुरुवाती अग्रता नेपालले नै बनाए पनि लगातार ११ गोल खान पुगेको थियो । पहिलो हाफ १-१ गोलको बराबरी सकिए पनि नेपालले अरु गोल दोस्रो हारमा व्योहोरेको थियो ।
यो नतिजापछि नेपाल समूह चरणबाट बाहिरिएको छ । मंगलबार नेपालले सान्तवना जितका लागि अफगानिस्तानसँग खेल्ने छ ।
सम्बन्धित

प्रतिक्रिया