आइतबार, असार १५, २०८२

२२ जनामा कोरोना, ४६ जना डिस्चार्ज

नेपालखोज २०७८ चैत २८ गते १६:११

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९७२ जनाको पीसीआर परीक्षण गर्दा थप २२ जना र १ हजार १७२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा शुन्य रहेकाे छ । नेपालमा हाल ५६८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ४६ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ६६ हजार ०७४ पुगेको छ । नेपालमा कोरोना संक्रमण निको हुनेदर ९८ दशमलव ७ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया