ओलीले उद्घाटन गरेको मेलम्ची अब देउवाले गर्ने

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मेलम्ची खानेपानी उद्घाटन गरिएको र भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई लगेर मेलम्चीको पानी धारा बनाई पानी समेत झारिएको थियो । त्यस लगतै पानी झरेपछि फेरि निर्माण कार्य बाकि रहेको भन्दै मेलम्ची खानेपानी बिचमै ठप्प रहेको भएतापनी वर्षाले मेलम्चीमा बाढी आएर आयोजनाको सुरुङको मुख नै पुरिएर ड्याममा समेत क्षति पुगेकाे थियाे ।
सरकारले ड्याम र सुरुङको मुखको पुरुवा निकाल्न करोडौंको बजेट विनियोजन गरेर अब फेरि मेलम्चीको पानी काठमाडौंमा झार्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा एक्लै मेलम्ची जाने भएका छन् । उनले पानी पठाउने कामको उद्घाटन गर्ने भएका हुन् । मेलम्चीको पानी पुनः काठमाडौंमा झारेपनि पानी निरन्तर नआउने र फेरि निर्माण कार्य भन्दै रोकिने जनाइएको छ ।
ओलीले निर्माण पूरा नहुँदै उद्घाटन गरेको भन्दै जनता मारमा परेका बेला प्रधानमन्त्री देउवाले पनि यही कामलाई निरन्तरता दिदा चुनावको मुख पारेर उद्घाटन गर्नुलाई जनताले अर्थपूर्ण मानिरहेका छन् ।

प्रतिक्रिया