प्रो क्लब च्याम्पियनसिपमा उत्तर प्रदेश ११ को लगातार जित

काठमाडौं । प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा उत्तर प्रदेश क्लब ११ ले लगातार दोस्रो जित निकालेको छ। समूह बीमा रहेको उत्तर प्रदेशले आज भएको खेलमा नेपालको विभागीय क्लब एपीएफलाई ७ विकेटले पराजित गरेको हो। भने एपीएफको यो लगातार दोस्रो हार हो ।
एपीएफले लिएको ७७ रनको लक्ष्य उत्तर प्रदेशले ३ विकेट गुमाएर १३.२ ओभरमा पुरा गरेको थियो । उत्तर प्रदेशलाई जिताउन राज यादवले २९ रन जोड्दा विवेक सिंहले २२ रनको योगादन गरेका थिए । यसैगरी राहुल कुमार १६ तथा नितिन राम ५ रन बनाएर आउट भएका हुन् । एपीएफका अमरसिंह रौटेला र नन्दन यादवले एक एक विकेट लिए । पहिला ब्याटिङ गरेको एपीएफले १७.१ ओभरमा सवै विकेट गुमाएर ७६ रन बनाएको थियो ।
एपीएफका लागि अमर रौटेलाले २१ रन जोड्दा सुमित महर्जनले १६ तथा पुरन विकले १२ रन जोडेका हुन् । उत्तर प्रदेशका प्रिन्स शाहीले सर्वाधिक ४ विकेट लिँदा विपिन चन्दले २ विकेट हात पारेका थिए ।

प्रतिक्रिया