आइतबार, पुष ६, २०८२

जानकी मेडिकल कलेजको नयाँ भवनको अनावरण

नेपालखोज २०७८ चैत २८ गते १७:०४

काठमाडौं । मधेस प्रदेशको धनुषास्थित जानकी मेडिकल कलेजको नयाँ भवनको अनावरण गरिएको छ । जानकी मेडिकल कलेजले चर्चित जयामाताको प्रमुख आतिथ्यमा भव्यकार्यक्रम आयोजना गरी कलेजको नयाँ शैक्षिक भवन ‘तिरुपति जया भवन’को अनावरण गराएको हो । उक्त भवनलाई जयामाताकै नाममा नामकरण गरिएको छ ।

अनावरण कार्यक्रमम ानर्सिङ लगायत प्रथम र दोश्रो वर्षका विद्यार्थीहरूले जयामाताको लागि सांस्कृतिक मैथिली नृत्य प्रस्तुत गरेका छन । त्यस अलावा केही प्रतिभाशाली विद्यार्थीहरूले मिथिला चित्रकलाको प्रदर्शनी समेत गरेका थिए । विद्यार्थीहरूको लगन र मिहिनेत देखेर खुसी भएका माताजयाले सम्पूर्ण विद्यार्थीहरूको उत्तरोत्तर प्रगतिको कामनागर्दै सबैलाई आशीर्वाद दिएकी छन् ।

जानकी मेडिकल कलेजले स्तरीय मेडिकल शिक्षा प्रदान गर्दै दक्ष डाक्टरहरू स्थापित गर्ने लक्ष्य लिएर अघि बढिरहेको छ ।

प्रतिक्रिया