शनिबार, वैशाख १३, २०८२

फेसलिफ्टका साथ अन्य परिमार्जन गरिएको स्कोडा कोडियाक अब स्कोडा शोरुममा

नेपालखोज २०७८ चैत २८ गते २०:१९

काठमाडौं । हेर्दा स्पोर्टी, क्रिस्टल लाइन डिजाइन, आफ्नो वर्गमा सबैभन्दा बढी सुरक्षा र ‘सिम्पली क्लेभर’ समाधानहरूले भरिपूर्ण नयाँ स्कोडा कोडियाक फेसलिफ्टसहित अब स्कोडा शोरुमहरूमा उपलब्ध रहेको छ ।

कोडियाक सन् २०१८ मा नेपाली बजारमा लन्च भएको थियो । फेसलिफ्ट सहितको नयाँ स्कोडा कोडियाक नेपाली बजारका लागि युरोपबाट आयात गरिएको हो ।चेक ब्रान्डले कोडियाकको भावनात्मक डिजाइनलाई थप विकास गरी यसको एरोडायनामिक सुधार गरेको छ ।

रौनक अग्रवाल, स्कोडा डिभिजन–एमएडब्लु इन्टरप्राइजका कार्यकारी निर्देशकले भने, “नयाँ स्कोडा कोडियाक डिजाइन सौन्दर्य, आराम, इञ्जिन र गतिशील क्षमताहरूका साथै पूरै विचार गरेर केबिन थपिएको छ । धेरै सेग्मेन्टका प्रमुख सुविधाहरू र बेजोड सुरक्षाका साथ, स्कोडा कोडियाक परिवारका लागि पूर्ण सुविधा सम्पन्न प्याकेज हो, चाहे यो दैनिक ड्राइभिङ होस् वा रोमाञ्चक अफ–रोड यात्रा ।”

एक्सटिरियरः पुनःडिजाइन गरिएको फ्रन्ट र अझ रग्डरुप
स्कोडाले कोडियाकको अपिरियन्यसमा विशेष परिमार्जन गरेको छ, सफल एसयुभीलाई अझ धेरै रग्ड लुक प्रदान गर्दै यसको एरोडायनामिक्सलाई पनि अनुकूलन÷अप्टिमाइज गरेको छ । माथिल्लो र आकर्षक बोनेट र नयाँ डिजाइन गरिएको थप ठाडो स्कोडा ग्रिलले कारलाई हेर्दा अझ बढी आकर्षक देखाएको छ । एड्याप्टिभ फ्रन्ट हेडलाइट प्रणालीका साथएलईडी हेडलाइटहरू उल्लेखनीयरूपमा स्लीम छन् र, पुनः व्यवस्थित फग लाइटहरूसँग, अँध्यारोमा पनि राम्रोसँग देखिने सुविधा सिर्जना गर्दछ ।

इन्टीरियरः अझआरामदायी विशेषताहरुले यसको इन्टीरियरलाई पुर्‍याएको छ नयाँ स्तरमा
स्कोडाले कोडियाकको भित्री भागलाई नयाँ डेकोरेटिभ स्ट्रिपहरू, थप कन्ट्रास्टीङ स्टिचिङ र परिष्कृत एलईडी एम्बियन्ट लाइटिङ फङ्शन प्रदान गरेर नयाँ स्तरमा लैजान्छ । पहिलो पटक, ठूला एसयूभीका विकल्पहरूको दायरामा एर्गोनोमिक, पर्फोरेटेड–लेदर सिटहरू समावेश छन्, जसमा तताउने विकल्पको साथ मल्टि वे इलेक्ट्रिक सीट समायोजन छ । क्यान्टोन साउन्ड सिस्टम अर्को वैकल्पिक अतिरिक्त विशेषता हो, जसले ड्यासबोर्डमा केन्द्रीय स्पिकर र बुटमा सबवुफरको अतिरिक्त दस स्पिकरहरू प्रदान गर्दछ ।

डिजाइन– यसको पावरफुल क्यारेक्टरको प्रतिबिम्ब
कोडियाक सबैभन्दा अप्ठ्यारो भूभागहरूमा सजिलैसँग चलाउनको लागि बनाइएको कार मात्र होइन । यसको टोर्नाडो लाइनहरू, सटीक किनारहरू र क्रिस्टल लाइनले यसमा विशिष्ट स्टाइल थप्दछ । ब्रान्डले कारको बहुमुखी चरित्र प्रतिबिम्बित गर्ने डिजाइनको साथ आफ्नो नयाँ डिजाइन भाषा एसयूभी सेग्मेन्टमा स्थानान्तरण गर्दछ ।

स्कोडा कोडियाकमा भएको एलिगेन्ट लाइनहरुको बोल्ड इन्टरप्ले, स्पोर्टी कन्टोर्स र रोबष्टनेशले यसलाई सजिलै चिन्न सकिने बनाउँछ। चौडा, त्रि–आयामी रेडिएटर ग्रिल आकर्षक र साँघुरो छ, रेडिएटर ग्रिलमा नदेखिने गरी पर्फेक्टली प्रवाह हुने र्‍याङ्क्ड हेडलाइटहरूले स्कोडा कोडियाकलाई एक विशिष्ट रूप दिन्छ ।

इञ्जिन र ट्रान्समिशनः
२.० टिडिआईले ११० के डब्लु १५० पिए) र ३४० एनएम टक्र्यू जेनेरेट गर्छ । यसको सम्पूर्ण फोर व्हीलहरु ७–स्पीड डुअल क्लच ट्रान्समिशनबाट स्वचालित छन् ।

सुरक्षा, आरामर सहुलियतः
नयाँ कोडियाक अत्याधुनिक सेफ्टी किटहरुका साथ आउँछ, जसमा घुडाको एअर ब्यागका साथ ९ एअर ब्यागहरु, इबिडिका साथएबिएस, बे्रक असिस्ट, मल्टी कोल्लीशन ब्रेक, चौतर्फि पार्किङ सेन्सर र ब्लाइण्ड स्पोट मोनिटरिङ सिस्टम समावेश छन् । कोडियाकले इलेक्ट्रीकलरुपमा एड्जष्ट गर्न मिल्ने प्यानारामिक सनरुफका साथ नयाँ आयाम रचेको छ, जसले खुलापनको आभाषलाई अझ उजागर गर्छ । यसका साथै यो फ्रन्ट र रियर हिटेड सिट, हिटेड स्टेरिङ व्हील र अन्य चनाखो विशेषताहरुले भरिपूर्ण छ, जसले गर्दा यसले विशिष्ट एसयूभी अनुभूति प्रदान गर्दछ ।

राइड र ह्याण्डलिङ
स्कोडा कोडियाक ४,४ अल–व्हील ड्राइभका साथ ४ वटा ड्राइभिङ मोड विकल्पहरुका साथ आउँछ । स्कोडाको लार्ज एसयूभी त्रिनिटी १८–इन्चव्हीलहरुका साथ सुसज्जितभएर आउँछ ।

इन्फोटेन्मेन्ट र कनेक्टीभिटी
यसका साथै यो २०.३२ सिएम सेन्ट्रल इन्फोटेन्मेन्ट प्रणालीका साथ स्टेरिङमाप्रोक्सीमिटी सेन्सर, भ्वाईस कमाण्ड कन्ट्रोल (ध्वनीआदेश नियन्त्रण) र अडियो नियन्त्रणका साथ आउँछ ।

सामग्री र स्टोरेज
स्कोडा कोडियाकमा रहेको सिम्प्ली क्लेभर नामक विशेषता स्कोडाले तपाईंको लगानीमा जहिले पनि अलिकति बढी दिन्छ भन्ने प्रमाण हो–दैनिक जीवनमा व्यावहारिक र सुविधाजनक सहायता जुन ब्रान्डको मान्यता हो । पावर न्याप प्याकेज र निकाल्न मिल्ने बुट टर्च पनि यसमा उपलब्ध गरिएको छ । २७० देखि २००५ एल (रियर सिट फोल्ड डाउन गर्न मिल्ने) को भोल्युमको साथ स्कोडा कोडियाकले आफ्नो क्लासमा सबैभन्दा ठूलो बूट प्रदान गर्दछ ।

यसमा विद्युतीयरुपमा नियन्त्रण गर्न मिल्ने पाँचौं ढोका र (किलेस इन्ट्री, स्टार्ट र स्टप बटन) उपलब्ध छ । यसका साथै यसमा फुट सेन्सरका साथ भर्चुअल पेडल ओपन र क्लोज द बुट छ । स्कोडा कोडियाक यी विशेषताहरुका साथ विभिन्न स्टाइल रेरियन्टमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया