आइतबार, पुष ६, २०८२

सानिमा जनरल इन्स्योरेन्सको नयाँ वर्ष अफर

नेपालखोज २०७८ चैत २८ गते २०:५३

काठमाडौं । नेपाली नयाँ वर्षको उपलक्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यति एयरलाइन्ससँगको सहकार्यमा यति एयरलाइन्सबाट उडान भर्ने सबै यात्रुका लागि यति एयरलाइन्सको मोबाइल एप र वेबसाइटबाट टिकट बुकिङ गरी ‘यति एक्स्ट्रा केयर’ नामक नयाँ अफर ल्याएको छ ।

सानिमा जनरल इन्स्योरेन्समा, हामी हाम्रा ग्राहकहरूको उत्कृष्ट साझेदार हुनका लागि उत्पादनहरूदेखि सेवाहरू सम्मका सबै पक्षहरूमा निरन्तर नवीनता र सुधारमा विश्वास गर्छौं । यो प्रतिवद्धताले हामीलाई हरेक पटक सही काम गर्न प्रेरित गर्छ । वर्षौंदेखि सानिमा जनरल इन्स्योरेन्सले सबै प्रकारका सामान्य बीमा कभरेजहरू उपलब्ध गराउँदै आएको छ ।

यो नयाँ अफर दुर्घटना बिमा कभरेज प्रदान गर्न ल्याइएको हो । सानिमा जनरल इन्स्योरेन्सका डेपुटी महाप्रबन्धक रेना रिजालका अनुसार यो अफर १४ अप्रिल २०२२ देखि लागू हुनेछ । यो अफर यतिको मोबाइल एप र वेबसाइटमार्फत टिकट खरिद गर्ने यात्रुहरूका लागि उपलब्ध हुनेछ ।

यो समझदारी अन्तर्गत यात्रुले यात्राको मितिदेखि ३० दिनको अवधिको लागि १ लाख सम्म बिमा रकम पाउनेछन् । ३० दिनको अवधिमा एक पटकभन्दा बढी यात्रा गर्ने यात्रुलाई यो नीति यात्राको अन्तिम मितिदेखि लागू हुनेछ ।

यात्रुले बिमा अवधिमा दुर्घटना भएमा १० हजारसम्मको औषधि उपचार र दुर्घटनामा मृत्यु भएमा शतप्रतिशत बिमा रकम पाउनेछन् । बिमा समितिको नीतिअनुसार बिमा दाबी गर्ने अधिकार सानिमा जनरल इन्स्योरेन्सको हुनेछ,’ सुश्री रिजालले जानकारी दिए । यो अफर तीन महिनाको लागि मान्य छ र नेपाली नागरिकका लागि मात्र लागू हुनेछ । कम्पनीले सधैं ग्राहकहरुको आवश्यकताअनुसार विभिन्न बिमा कभरेजहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया