सरकार जनताप्रति गैह्रजिम्मेवार : केपी ओली

नेपालखोज २०७८ चैत २९ गते १५:४५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार जनताप्रति जिम्मेवार नभएको बताएका छन् । मंगलबार ‘संघर्षशील योद्धाहरु’ नामक पुस्तक लोकापर्ण समारोहमा परमादेशबाट बनेको सरकार भएकाले जनताप्रति जिम्मेवार नभएको उनले बताए ।

जनताबाट नभई परमादेशबाट बनेको सरकार भएकाले गैह्रजिम्मेवार सरकारको भर हुन नसक्ने उनले बताए । उनले भने, ‘हुन त कसैको आलोचना नगरुँ सरकार त उसैबेला(उसैबेलाको जस्तो छ, जालझेल, षडयन्त्र र तिकडम गर्ने खालको । जनताबाट नआएको परमादेशबाट आएको, जनताप्रति जिम्मेवार नभएको गैह्रजिम्मेवार भएको, चुनाव गरेर लोकतन्त्र जोगाउनेभन्दा चुनावका लागि काम नगरेर षड्यन्त्र गर्ने खालको । त्यसकारण अहिलेपनि के हुन्छ ?’

ओलीले वर्तमान सरकारले जालझेल र षड्यन्त्र गरेर जाली मुद्दा लगाउन सक्ने आशंका व्यक्त गरेका छन् । ओलीले अहिलेको समय पहिलेको जस्तो नभएपनि जालझेल र तिक्डम गर्ने यस्तो सरकारबाट सचेत हुनुपर्ने बताए । उनले भने, ‘समय त हिजोको जस्तो छैन । तर सरकार चाँहि उसै वेलाको जस्तो छ, जालझेल, तिक्डम गर्ने खालको, जनताबाट नआएको परमादेशबाट आएको, जनताप्रति जिम्मेवार नभएको गैह्रजिम्मेवार भएको । मान्छेलाई जाली मुद्दा लाग्दैन भन्न सकिँदैन् । फँसाईंदैन् भन्न सकिँदैन् । यो सरकार यस्तै हो ।’

सरकारले जेसुकै गर्न चाहेपनि पहिलेजस्तो तानाशाहको कल्पना नगर्न पनि उनले सुझाए । उनले भने, ‘त्यस्तै दिन हिजो जस्तै तानाशााही दिन अब आउँदैनन् । त्यस्तै कुरा गर्दैगए सफलता प्राप्त गर्न सक्दैन् । अहिलेका शासकहरूले बुझुन् यो कुरा ।’

उनले सरकार आँफै समयमा चुनाव गरेर लोकतन्त्र जोगाउने भन्दा चुनाव नगरेर षड्यन्त्र गर्नतर्फ लागिरहेको बताए । उनले भने, ‘त्यसकारण अहिले पनि के हुन्छ रु मान्छेलाई जाली मुद्धा लाग्दैन, फसाइँदैन भन्न सक्ने अवस्था छेन, यो सरकार यस्तै हो । तर हामी त्यसमा सजग हुनुपुर्छ ।’

प्रतिक्रिया