सोमबार, वैशाख १५, २०८२

सिद्धार्थ इन्स्योरेन्सको २० औं वार्षिक साधारण सभामा के-के भयो ?

नेपालखोज २०७८ चैत ३० गते २२:००

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले कम्पनीको २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको बुधबार सम्पन्न उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

आ.व. २०७७/७८ मा कम्पनीले विभिन्न बिमा व्यवसाय अन्तर्गत दुई अर्व ३५ करोड ९५ लाख ६८ हजार बिमा शुल्क आर्जन गरेकोे थियो भने चालु आ.व.को साधारण सभाको दिन सम्म कम्पनीले एक अर्ब ९२ करोड बिमा शुल्क आर्जन गरी सकेको जानकारी गराईयो ।

सभाले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब १२ करोडकोे १५ प्रतिशत वोनस सेयर जारी गर्ने तथा कर प्रयोजनार्थ शुन्य दशमलव ७८ प्रतिशत नगद लाभांस प्रदान गर्ने र मर्जर सम्वन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया