चौधरीको कम्पनीमा ठगी धन्दाको अर्काे नमूना
काठमाडौं । नेपालमा सवारी विक्री गर्दै आईरहेको चौधरी गु्रपको सिजी मोटरर्सले कसरी ठग्छ भन्ने नमूना उसैले निकाले विज्ञापनले प्रष्छ पारेको छ । लकडाउनका कारण अर्थक्षेत्र संकटमा परिरहेका बेला यातायात क्षेत्रपनि त्यसबाट अछुतो रहन सकेको छैन । यही मौका छोपेर चौधरीको कम्पनी सिजीले जनतालाई झुक्याउँदै झुठको खेती गरिरहेका छ ।
बेला बेला विवादमा आउने गरेको सिजीले मासिक १३ हजार किस्ता तिरेर सुजुकी गाडी चढ्न पाईने प्रलोभन देखाउँदै सेवाग्राहीलाई झुक्याउने काम गर्दै आईरहेको छ । लकडाउनका बेला झुठो प्रचार गरेर शुरुमा मासिक १३ हजार किस्ता तिर्न लगाउने र त्यसपछि मासिक २९ हजार तिर्न वाध्य पार्ने गरेको स्पष्ट देखिन्छ ।
सुजुकी कम्पनीले मासिक १३ हजार किस्तामा कसरी सवारी दिन सक्छ भन्ने विषयमा नेपाल खोजले गरेको गरेको अनुसन्धानमा कम्पनीले ग्राहक ठगी गर्नका लागि झुठो विज्ञापन गरेको देखिएको छ । (तस्वीरमा सुजुकीको विज्ञापन) । हामीले कम्पनीसँग प्रतिक्रिया लिन खोज्दा कम्पनीको आधिकारिक व्यक्ति भने बोल्न चाहेनन् ।
पछिल्लो पुस्ताको गाडी मोहलाई मौकाको फाइदा उठाउँदै १३ हजार देखाएर २९ हजार असुल्ने सुजुकीको यो ठगी गर्ने तरीका नयाँ भने होइन । यस अघि पनि सुजुकीले यसैगरी धेरैलाई ठगी गरेको छ ।
यातायात विभागको श्रोतका अनुसार सुजुकीले नेपाल भित्र्याएका कतिपय सवारी साधनको भन्सार छली समेत गरेको छ । भन्सार छली गरेर ल्याएका सवारीलाई उनीहरुले यस्तै प्याकेजका नाममा विक्री गर्ने प्रयास गर्ने गरेको उनले बताए । चालु आर्थिक वर्षमा सुजुकीका कति सवारी नेपाल भित्रिए भन्ने लगत भन्सार विभागबाट हेर्ने हो भने उसको कर छलीको प्रशस्त उदाहरण भेट्न सकिने यातायातका कर्मचारी बताउँछन् ।
प्रतिक्रिया