मंगलबार, वैशाख २५, २०८१

रणवीर र आलिया विवाह बन्धनमा बाँधिए

नेपालखोज २०७९ वैशाख २ गते १२:२१

काठमाडौं । बलिउडका सबैभन्दा चर्चित जोडी अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट विवाह बन्धनमा बाँधिएका छन्। बिहिबार मुम्बईको पाली हिल्सको अर्पाटमेन्टमा परिवार सदस्य र केही नजिकका साथीको उपस्थितिमा उनीहरुको विवाह समारोह सम्पन्न भएको हो ।

हिन्दु रीतिरिवाज अनुसार उनीहरुको विवाह समारोहको आयोजना भएको थियो । उनीहरुलाई वैवाहिक जीवनको बधाई तथा शुभकामना सामाजिक संजाल मार्फत प्राप्त भइरहेको छ । विवाह समारोहमा रणवीरको बुबा ऋषि कपुरको ठुलो तस्बिर समेत राखिएको थियो ।

भौतिक शरिरमा नरहेका ऋषिको विवाह समारोहमा तस्बिर मार्फत उपस्थिती जनाइएको हो । रणवीर-आलियाको बिहेको बारेमा दुवै परिवारले कुरा गोप्य राख्ने प्रयास गरेका थिए । कयौँ पटक दुवैको बिहेको झुटो खबर पनि बाहिर आएको थियो।कहिले दुवैको विवाह १५ अप्रिलमा हुने भनिएको थियो भने कहिले १७ वा २० अप्रिलको मितिमा हुने कुरा बाहिर आएको थियो ।

प्रतिक्रिया