खेल वा प्रशिक्षणमा मात्र होइन अन्य विषयमा पनि हावी हुँदै अलमुताइरी

काठमाडौं । राष्ट्रिय टोलीको खेल वा प्रशिक्षणमा प्रशिक्षक नै सर्वेसर्वा हुन् । प्रशिक्षकको निर्देशनमा खेलाडीको खेल्ने शैली बन्छ । तर फुटबलका प्रशिक्षक अबदुल्ला अलमुताइरी खेल वा प्रशिक्षणमा मात्र होइन अन्य विषयमा पनि हावी हुने गरेका छन् । आज खेलाडीसँगको पत्रकार सम्मेलनमा पनि उनै बढी सक्रिए भए । त्यति मात्र होइन, पत्रकार सम्मेलन अघि नै उनले सञ्चारकर्मीलाई खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न भने । जुन उनको दायराभन्दा बाहिर थियो ।
दुई चरणमा पत्रकार सम्मेलनमा खेलाडी उपस्थित गराएका अलमुताइरीले एउटा सत्रका लागि १० मिनेट दिएका थिए । पहिलो सत्रमा अधिकांश प्रश्नको जवाफ खेलाडी सुजल श्रेष्ठले दिएपछि बाँकी ३ खेलाडीलाई सोध्न नपाउँदै अलमुताइरीले समय सकिएको भन्दै खेलाडीलाई बाहिर पठाए । उनको त्यो प्रस्तुतिले उपस्थित पत्रकार रनभुल्ल बने ।
सबै पेशाका आ–आफ्नो दायित्व र मर्यादा हुन्छन् । सर्वाजनिक चासोको विषयमा प्रश्न गर्ने अधिकार पत्रकारसँग रहन्छ । यद्यपि, आचारसंहिताको ख्याल उनीहरुले पनि गर्नु पर्छ नै । तर, पत्रकार सम्मेलन सुरु हुनु अघि नै निश्चित विषयमा प्रश्न गर्न रोक लगाउने वा नगर्न भन्ने घटना कमै सुनिन्छन् । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले आज एएफसी एसियन कप तयारीमा रहेका खेलाडीसँग अन्तर्वार्ता अघि पत्रकारलाई यो सोध्नु र नसोध्नु भन्दै सिकाउँदा उनको हावी नेपाली सञ्चार माध्ययमा छर्लङ भएको हो ।
त्यति मात्र होइन पत्रकार सम्मेलन अघि नै उनले सञ्चारकर्मीलाई खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न भनेका थिए । जव की पत्रकार सम्मेलन नेपाल डेढ महिना पछि हुने एएफसी एसियन कप छनोट खेलको तयारीको विषयमा रहेको थियो । पहिलो दिन नेपाली टोली आसन्न एएफसी एसियन कपमा छनोट हुन सक्दैन भन्दै अभिव्यक्ति दिएका उनले दोस्रो दिन खेलाडीसँगको अन्तर्वार्ता अघि अर्को अपाच्य ब्यवहार देखाएका हुन् ।
१० मिनेट तोकिए पनि एउटै खेलाडीलाई धेरै प्रश्न सोधिकएको भन्दैबीचबाट खेलाडीलाई फोरमबाट उठाउँदा अलमुताइरीलको अहंमता नांगिएको हो । सँगै फोरममा उपस्थित भएका खेलाडी प्रशिक्षकको हाउभाउ देखेर आफै आश्चर्यमा पनि परेका थिए । खेलाडीका लागि समयको पावन्दी लगाएका अलमुताइरीले यस अघि अघिल्लो दिन आफ्नो पत्रकार सम्मेलनमा भने समय सिमा थिएन । आधा घण्टाभन्दा बढी समय पत्रकार सम्मेलनमा बिताएका अलमुताइरीले आफ्नो दायराभन्दा बाहिर गएर फुटबलको सर्बोच्च निकायको कार्यशैलीमा पनि प्रश्न गरेका थिए ।
उनि कहिले अनुशासन त कहिले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीसँग झमेलामा फस्ने गरेका छन् भने, पटक-पटक विभिन्न कारणले विवादमा पर्दै आएका छन् । सञ्चार माध्यमको टिका टिप्पणीलाई खरोरुपमा आलोचना पनि गर्दै आएका छन् ।
प्रतिक्रिया