युक्रेनी सेनालाई आत्मसमर्पण गर्न रुसको प्रस्ताव

काठमाडाैं । रुसले युक्रेनको मुख्य बन्दरगाह रहेको सहर मारियुपोलको रहेका युक्रेनी सेनाले आइतबारसम्ममा आत्मसर्मपण गरेमा ज्यान बचाउने बताएको छ । रुसी सरकारले युक्रेनी सेना र ‘विदेशी भाडाका सैनिकहरू’ अझै पनि मारिउपोलमा लडिरहेको बताएको छ ।
रुसले मारियुपोलको अधिकांश भाग कब्जा गरेको र युक्रेनी सैनिकहरूले मस्कोको समयअनुसार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म आत्मसर्मपण गरेमा सुरक्षाको ग्यारेन्टी हुने बताएको छ । रुसले त्यसो गर्नेलाई जेनेभा महासन्धि अन्तर्गत युद्धबन्दी जस्तै व्यवहार गरिने पनि उल्लेख गरेकाे छ ।
यता जेलेन्स्कीले भने मारिउपोलमा आक्रमणहरू थप घातक भएको यल्लेख गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिउपोलको एक सानो भाग मात्र युक्रेनी सुरक्षा बलहरूले ओगटेको र उनको सरकार यसको रक्षा गर्ने सेनासँग निरन्तर सम्पर्कमा रहेको स्वीकार गरेका छन् ।
रोयटर्स समाचार एजेन्सीका अनुसार राष्ट्रपतिले अवस्था निकै गम्भीर रहेको बताएका छन् । यद्यपि, उनले युक्रेनी सेनालाई मारियुपोलबाट मुक्त गरिएको र अझोफ्स्टलमा सीमित भएको रसियाको दाबीलाई जवाफ फर्काएका छैनन् ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ताले उक्त क्षेत्रमा २,५०० युक्रेनी सैनिक रहेको र रुसी सेनाले बाहिरिने बाटो अवरुद्ध गरेको बताए । तर, बीबीसीले यी रिपोर्टहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । बीबीसी
प्रतिक्रिया