सोमबार, वैशाख १५, २०८२

बीओकेको नयाँ शाखा झापाको काँकडभिट्टामा

नेपालखोज २०७९ वैशाख ४ गते १६:३९

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको मेचीनगर नगरपालिका वडा नं. ०६, काँकरभिट्टा, स्थित काँकरभिट्टा साखाको आज एक समारोहकाबिच उद्घाट्न गरेको छ । मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजयकुमार श्रेष्ठबाट संयुक्तरुपमा औपचारिक उद्घाटन सम्पन्न भएको हो ।

औपचारिक उद्घाटन समारोहमा मेचीनगर नगरपालिकाका नगर उप-प्रमुख मिना पोखरेल उप्रेती, मेचीनगर नगरपालिका वडा नं. ०६ का वडा अध्यक्ष ललितबहादुर तामाङ तथा मेची उद्योग वाणिज्य संघ, धुलाबारीका अध्यक्ष ऋषिराज तिम्लसीनाले बैंकको काँकरभिट्टा साखा कार्यालयको प्रगतिको शुभकामना प्रदान गरेका हुन् ।

उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक विजयकुमार श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।

मेचीनगर नगरपालिकाका नगर प्रमुख बिमल आचार्यले उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडलाई काँकरभिट्टामा स्वागत गर्नका साथै स्थानियहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको जानकारी दिए ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ साखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ । बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप साखाहरु संचालन गर्ने योजना अगाडि रहेको छ ।

प्रतिक्रिया