निलम्बन खारेजीको माग गर्दै निलम्बित गर्भनर अधिकारी सर्वोच्चमा
नेपालखोज
२०७९ वैशाख ४ गते १७:२३

काठमाडौं। निलम्बित गर्भनर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन् । सरकारले पुर्वाग्रहीरुपमा आफूलाई निलम्बन गरेकाे भन्दै अधिकारीले निलम्बन भएको १० दिन पछि सरकारविरुद्ध मुद्धा दायर गरेका हुन् ।
आफ्नो कार्यकाल बाँकी रहेकै अवस्थामा सरकारले गरेको निलम्बनको निर्णय गैरकानुनी रहेको भन्दै अधिकारीले आज सर्वोच्च अदालतमा मुद्धा दायर गरेका हुन् । अधिकारीका तर्फबाट वकिलहरु सुरेन्द्र थापा र नरेन्द्र गौतमले निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका हुन् ।
अधिकारीलाई गत बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले निलम्बन गरेको थियो । अधिकारीमाथि छानविन गर्न सर्वोच्च अदालतका पुर्व न्यायधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया