शुक्रबार, वैशाख २६, २०८२

अफगानिस्तानलाई तीन करोड २० लाख अमेरिकी डलर प्राप्त

नेपालखोज २०७९ वैशाख ५ गते ११:५६

काठमाडौं । अफगानिस्ताले आइतबार तीन करोड २० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता प्राप्त गरेको बताएको छ । अफगानिस्तानका लागि विभिन्न अन्तर्राष्ट्रिय दाताहरुले सहयोग उपलब्ध गराइरहेका छन् । सोही बमोजिम आइतबार उक्त सहायता प्राप्त गरेको बताइएको हो ।

अफगानिस्ताको केन्द्रीय बैंक, द अफगानिस्तान बैंकले आइतबार ट्वीट गरेर यस विषयमा जानकारी दिएको थियो । गत वर्षको अगष्टमा अफगानिस्तानको शासन व्यवस्था तालिबानले कब्जा गरेको थियो । तालिबान सरकारलाई दाताहरुले औपचारिक रुपमा वैदेशिक सहायता उपलब्ध गराएको छैन ।

जसका कारण आर्थिक समस्यामा परेको अफगानिस्तानका लागि विभिन्न विदेशी समुदायले मानवीय सहायता स्वरुप आर्थिक सहयोग तथा लत्ता कपडा एवं खाद्यान्न उपलब्ध गराउँदै आएका छन् । आइतबार सरकारले आर्थिक सहायता प्राप्त गरेको पनि सो बैंकले जानकारी दिएको छ । – रासस

प्रतिक्रिया