थपिए १० संक्रमित, ३४ जना डिस्चार्ज
नेपालखोज
२०७९ वैशाख ५ गते १६:१३

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार ६ सय जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप ९ जना र १ हजार ९१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जना गरी कुल १० जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल जम्मा ३५० जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप ३४ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ३७३ पुगेको छ ।
कोरोना संक्रमण निको हुनेदर ९८ दशमलव ७ प्रतिशत रहेको छ । त्यस्तै, चौबीस घण्टामा थप १९ हजार ५२५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया