बिहीबार, जेठ ३, २०८१

नेपाली ब्रान्ड विदेशीको तुलनामा कमजोर होलान् तर अशक्त छैनन् !

नेपालखोज २०७९ वैशाख ६ गते १४:२४

केजीएफ पनि चलाउँ, पैसा मज्जाले कमाउँ !!
तर नेपाली फिल्मलाई दिएको थोरै शो त नघटाउँ ।
क्यूएफएक्स (काठमाडौं) लगायतका केहि हलहरू ले न्याय गरेको देखियो ! तर केही हलहरू ले भने बदमासी गरेको मज्जाले देखिएको छ ! तपाइहरू लाइ भोलिका दिनमा स्वदेशी उत्पादनमा अनिवार्य कोटा भनेर प्रतिशत तोकियो भने कति गारो पर्छ होला ? जुन सम्भावना पनि छ !!
केजीएफ ले आगो बालेको छ सहि हो त्यसमा तपाइहरूले नियम मै नभाको रातिको शो राख्नु भो कमाउनु भो, ठिक छ , कमाको राम्रो ! कमाउनुस् !
तर नेपाली फ़िल्म राम्रै चलिरहेको छ भने
त्यस्को शो चाहि किन घटाउनु हुन्छ ?
अलिकता नैतिकता प्रदर्शन गरौ!
नेपाली ब्रान्ड विदेशीको तुलनामा कमजोर होलान् तर अशक्त छैनन् ! हाम्रा आफ्नै दर्शक छन् …
तिनिहरूको पनि सम्मान गरिदिनु होला !
दीपकराज गिरीको यो भनाइमा आएका केही प्रतिक्रिया :

पीर नगर्नुस् जति भाइरल उति फिल्म चल्छन् हिजो आज… म त यु-ट्युबतिर हेर्छु नेपाली फिल्म ।
ईशा गुरुङ

नेपाली सिनेमाको पक्ष लिन केहीले दूतावासको पूर्व स्वीकृति लिनु पर्छ जस्तो ब्यावहार गर्छन, हो व्यापार स्वतन्त्र छ – व्यापार गर्न सबैलाई छूट छ तर ईमान, नैतिकता अनी जन्मिएको माटो सबै भूलेर ब्यापार गर्नेहरु व्यापारी होईनन – दलाल हुन् ।
सुरेशदर्पण पोखरेल

बल्ल मैले बोल्दै आएको कुरा उजागर गर्न खोज्नुभयो, धन्यवाद दाइ । वर्षमा ३६५ दिनमा घटिमा २०० दिन अनिबार्य रुपमा नेपाली फिल्म चलचित्र चलाउन पर्ने बाँकी १६५ मात्र दिन बिदेशी चलचित्र चलाउन पाउने ब्यबस्था गर्नु पर्छ ।
भोकलाग्यो कौडिल्यायन देवीराम

म हिन्दि चलचित्र हेर्दिन, म धेरै पटक हलमा नेपाली चलचित्र हेर्न पुगेको छु तर नेपाली भन्दा हिन्दि धेरै लागेको हुन्छ त्यसैले म नहेरी फर्कने गरेको छु ! मलाई भारतीय चलचित्र भन्दा नेपाली चलचित्र १००० गुणा राम्रो लाग्छ ! म नेपाली हुँ मलाई मेरै भाषा र मेरै देशका कला संस्कृतिहरु मन पर्छ !
सूर्य बस्याल

के गर्ने सर यहाँ यस्तै छ सबै कुरा भन्दा पनि पैसै ठूलो छ तर पैसा को पछि लागेर आफ्नोपन नै बिर्सेलान भन्ने डर लाग्न थल्यो यस्तै पारा ले त भोलिको दिनमा नेपाली कला – संस्कृती र नेपाली कलाकार लाई नै बहिस्कार नगर्लाइन भन्न सकिन्न । आज मैले नेपाली कलाकार भनौदा स्वयम् केजीएफ हेर्न छिरेको देखेको थिएँ छिर्नु त छिर्नु तर आफ्ना केही साथिहरुलाई समेत छ्या नेपाली फ्लिम के हेर्नू भन्दै तानेर लगेको देख्दा असाध्यै दुख लाग्यो ।
टरवीर पाण्डे

ए मेरो हजुर नचल्नुमा तप्पैको नि दोष देखियो।
फिलीम निर्माताको हिसाबले मात्रै ए मेरो हजुर हेर्ने, दर्शकको हिसाबले केजीएफ-२ हेर्ने भन्ने तप्पैको स्टाटसको हिसाब बुझेर सप्पै नेपालीहरु दर्शक बनेर केजीएफ-२ चै हेर्न गए।सप्पै नेपालीहरु तप्पै जस्तो फिलीम निर्माता छैनन् भनेर हिसाब बुझेको खै …..लावण्य देशका राजा ।
लक्ष्मण लिम्बू

नेपाली दर्शकले राम्रो र फरक नखोजेको भए तिमी कसरी राजा हुन्थ्यौ ?
सुमन पौडेल

नेपाली फिल्मलाई नेपाली मिडियाहरुले नै खुलेर सपोर्ट गरिरहेका छैनन् । यो दु:खको कुरा हो ।
डम्बर ढुंगेल

एउटा नबुझेको कुरा , नेपाली चलचित्रहरूलाई पनि हिन्दी,तामिल,तेलगु,मलयालम आदि भाषामा डव गरेर भारतीय बजारमा बेच्न किन सकिँदैन। कुनै कुनै नेपाली फिल्म गुणस्तरीय छन् जस्तै पशुपति प्रसाद,लुट धेरै फिल्महरू छन । यी फिल्महरु भारतीय वजारमा राम्रो कमाई गर्ने सक्छन। मेरो बिचार है , कि त नेपाल सरकाले बिदेशी फिल्मलाई नेपालमा चल्न ब्यान्ड गर्नु पर्यो ।अनि बल्ल नेपाली फिल्म चल्छ तर फिल्म चाहिँ राम्रो हुनुपर्यो । हाउडे पारामा नेपाली फिल्म बनाउनु भएन।
न्यौपाने रवि

नेपाली फिल्मलाई नै मान्यता नदिने हलहरुलाई सधै हिन्दी साउथ मै सिमित राख्दिनुस ।
दिप्सन आङबो लिम्बू

राम्रो कन्टेन्टमन चलचित्र निर्माण भयो भने त मेरो फिल्म हेर्नू भनेर हार गुहार गर्नै पर्दैन । पैसा र पावरको आडमा दर्शक लाई चुतिया बनाउनु त भएन नि । नेपाली दर्शकको सोचाइ ,बुझाई र रोजाई अनुसार को फिल्म बनाउनुस, हामी हमेसा साथ दिनेछौं । अन्यथा नलिनु होला तर जब सम्म फिल्म निर्माता र कलाकार ले दर्शको चित्त बुझाउन सक्दैनन तब सम्म पार लाग्ने वाला छैन।
नोट:यसको मतलब यो होइन कि हामी नेपाली चलचित्र लाई माया गर्दैनौं। कबड्डि र लुट जस्ता चलचित्र अझै पनि हलमा लाग्यो भने दर्शकहरुले आफुलाई रोक्न सक्दैनन् । यसमा हार गुहार गर्ने कुनै कुरै देख्दिन म …।
प्रिन्स देवकोटा

नाच्न नजान्ने आघन टेढो । छक्का पन्जा त सात चोटि हेरेको हो मैले । बधाइ छ । तर गतिलो भए पो हेर्ने । पैसा खेर गयो मेरो । अनि झरनाजि को बोली अनुसारको फिल्म छ त दाइ ?? गतिलो फिल्म भए म पनि साथ दिन्थे । फिल्म नै आलु जस्तो छ त के अब म अझ मेरो पैसा डुबाउ यस्तो मा हैट ।
लक्ष्मण गौतम

तपाइहरु नि नेपाली चलचित्र बनाउनुहोस जहाँ नेपालीपन आओस हेर्दै हाम्रो भन्न मन लागोस अनि कलाकार नि राम्रो अभिनय गर्नेहरुलाई खेलाउनुहोस अनि कथा आफै सिर्जन गर्नु ।दस वटा हिन्दि तथा साउथका कहानि सम्वाद हालेर चलचित्र बानाउन छोड्नुहोस । नेपाली कलाकारले नि नेपाली विज्ञापन खेलुन , नेपाली गीतमा टिकटक बनाउन , नेपाली उत्पादन लगाउन अनि पो दर्शकलाइ नि मन लाग्छ्। अरु बेला नेपाली कला , संस्कारको केहि वास्ता नलाग्ने , जब हलमा फिल्म चल्न लाग्छ अनि नेपाली भए नेपाली हेरौ माया गरौ नराम्रो भए नि हेरौ रे त्योभन्नु अगाडि राम्रो बनाउ किन नसोच्ने ।
सन्जित बुढाथोकी

पीर नगर्नुस् जति भाइरल उति फिल्म चल्छन् हिजो आज… म त यु-ट्युबतिर हेर्छु नेपाली फिल्म ।

नेपाली फिल्म सडक नाटक जस्तो हुन्छ।
तिमीहरु भयो भयो चल्छ मा जान्छौ

राजेश हमाल,मिथिला शर्मा, गौरी मल्ल, अरुको नाम अहिले आएन अनुहार आँखा छ; यिनीहरुको जस्तो अभिनय गरेर फिल्म बनाउ।
आमा फिल्म हेर् अनि

तिम्रो 6का/5जा, तितो सत्यमा
जबर्जस्ती गरेको अभिनय छर्लङ्ग हुन्छ।

तिमी भन्दा राम्रो अभिनय त म गर्दिन्छु ।
सन्तोष नेपाल

नेपाली मुभी अझै पनि १९९० को दशकको जस्तो छ । प्लट लेखन नै कमजोर छ । नाताबाद बाट ऊदाएका कलाकारको अभिनय ३००/४०० रकम तिरेर हेर्न लाएक छ त ?? कथा एकातिर अभिनय अर्कातीर अनी छायांकन अर्कों तीर बगीरहेको छ । नेपाली मुभीले अहिलेको भूमिकामा टिकीरहन सक्ने अवस्था छैन।
ईश्वर श्रेष्ठ

बिदेशी फिल्म भनेको त मोबाईलमा हेर्ने हो के चाहे नेपाल होस् चाहे अरु देश ….. आज रिलिज हुँदै गर्दा YOUTUBE मा आईसक्छ …. हामी विदेशमा हुनेहरु एउटा केजीएफ का लागी नेपालको हल सम्म पुग्नु भन्दा KFC मा बसेर मोबाईलमा हेर्नु मज्जै बेग्लै हुन्छ
त्यसैले नेपाली फ़िल्म लाई मान्यता दिऊं…।
वीरेन्द्र

बिदेशी फिल्ममा हामीलाई फाइदा के नै छ र ? हाम्रो नेपाली फिल्ममा त नेपाली पन नेपाली मन जहाँ सम्म लाग्छ हिन्दी फिल्ममा ईन्डियाकै भलो चिताएको हुन्छ नेपाली फिल्ममा नेपालकै भलो चिताएको हुन्छ यसैले हामी को नेपाली यसैले नेपाल र नेपाल भित्र रहेको कुरालाई प्राथमिकता देउ हैन भने बिदेशीको जयजयकार गर्न छोडेर बस ।
नेगी विकास

सरकार चलाऊने भन्दा जनता बाठा भए , फिल्म बनाउने भन्दा दर्शक चलाख भए। भने जस्तो खुराक र राम्रो फिल्म भए नेपाली पनी मज्जाले चल्छ नभए हिन्दी पनी चल्दैन l यसरी फिल्म हेर्नुस भनेर रोईलो गर्नु भन्दा बरु राम्रो फ़िल्म बनाउनुहोस जनताले त्यसै हेर्छन नी l
प्रकाश सुवेदी

सबैभन्दा बढी नेपाली फिल्म हेर्नेमा म पनि पर्छु तर अपसोच सधै निरासा हात पर्छ । विषयबस्तु राम्रो भए पनि प्रस्तुती छ्या भन्नू पर्ने छ । कहिले सुध्रने हामी ? खै त छ्क्का पन्जा सिरिज चलेकै हो । लूट चलेकै हो । आफै झुर बनाउँछन अनि के गरून् नेपाली जनता ?
अमृत बस्नेत

फ्लिम बनाम कि भन्ने सोचेको यती गारो रैछ, जे होस नेपाली फ्लिममा पनि केहि सुधारको आवस्यकता महसुस भएको छ है , इन्डियन फ्लिममा राष्ट्रबाद झल्किन्छ.. तेही बिचमा कमेडी पनि हुन्छ लब सिनहरु पनि हुन्छन… अब धेरै सुधारको आवश्यकता परेको रहेछ हामीमा ।
दीपक भुसाल

तपाईले एकदमै उचित मुद्दा उठाउनु भएको छ तर यो सवालले भोलि तपाइको चलचित्रलाई नै गाह्रो पर्न सक्ने डर पो लाग्यो !! निति र नैतिकता नभएको देशमा बदलाको भावना छ्यापछ्याप्ती देख्न पाइन्छ !!!
चन्द्र साहु

नेपाली हौ तेसैले आफ्नै मुलुक को उत्पादन मै खुसी हौ रमौ । तेसैमा खर्च गरौ तेसैलाइ प्राथमिकता दिऔ । बिदेसी को उत्पादन को एक झलक मा मस्त भै आफै नेपाली हु भन्ने न बिर्सौ । बिदेसी को उत्पादन मै मस्त हुनु भनेको हामी आफै बिस्तारै हाम्रो घर(नेपाल)लाई स्लो प्वाइजन दिनु हो।
पवनप्रसाद घिमिरे

पैला त फिलिमको नामै नपाएर दोहोर्याई तेहेराई राख्ने, अनि हिरो हिरोईन गतिलो नाई, कथा ल्याङ्ग ल्याङ्ग्गे , ३ बर्स देखिको हलको भाडा फिलिम त बनेने कमाएन त्र हलको त सत्यानास, अनि तपाईं जस्तो हिरोको धम्की..जबरजस्ती छ? जाँ कमाई हुन्छ तेई चलाउने हो.. बाप बडा न भैया, सबसे बडा रुपैयाँ , तपाईलाई कथा राम्रो छ फ्रि मा फिलिम खेल्नु भन्दा खेल्नु हुन्छ ?
विस्थापित स्वाभिमानी नेपाली

यो समस्या नेपालमा मात्रै होइन । म तामिलनाडुमा छु ।आज kgf2 हेर्न जान लागेको कुनै हल पनि ticket नै मिलेन । जबकी यहाँ को बिजयको फिल्म पनि सङै लागेको छ ।तपाईं लाई थाहा नै होल बिजय भनेपछी तामिल मा कस्तो छ ? तर बिजय को फिलिम छोडेर केजीएफ हेर्दै छन् ।
वाईराज अधिकारी

पहिले अमेरिका बसाइ गर्नु भाकी झरना थापा ज्यु को नेपाली जनतासंग बोल्ने सैली पनि छैन । साउथका फिल्मको कलाकारहरु त कहिले उफ्रिएको देखिएन त, तर नेपाली फिल्मका कलाकारहरु आफै, हेर्न मन लागे आउनु , नभए नआउनु भन्ने पनि त होइन,
र यीनीहरु हामी सबै को पैसा लिएर अमेरिका पलायन हुन्छन ।
समीर गिरी

हरेक मुभिमा एउटा न एउटा कथा हुन्छ ! तर यो फिलिममा के नै छ भन्ने खोजेको र जनता मान्छे लाई दिन खोजेको के छ!? कि समाज मा यसरी माया प्रेम गर्नु पर्छ माया को लागि हात काट्न पागल हुनु पर्छ ! भन्ने सन्देश दिन खोजेको हेर्ने दर्शक लाई !? न एक्टिङ्ग छ न हेर्न लाई रमाइलो छ ! हेर्ने दर्शक नि हल मा सबै हाई हाई कहिले सकिन्छ भन्दै बस्ने धेरै देखियो कोइ कोइ आदि बाट नहेरी घर जाने देख्यो अनि यस्तो पाराले सिनेमा हलको मान्छे ले कसरी आम्दानी गर्ने!?
हो हाङ लिम्बू

यिनीहरू आफ्नो झुर फिल्म बिकाउन विदेशी फिल्महरुलाई कोटाको नाममा थोरै शो दिने जस्तो नीच हर्कत गर्छन् भने हामी पनि छक्का पञ्जा जस्तो वाहियात फिल्म हेर्न जन्मिएको होइन।
यिनको अस्तित्त्व जमीन मै मिलाइदिन पर्ने अवस्था आइसकेको छ। की राम्रो चलचित्र बनाउ होइन भने आफ्नो तुच्छ चरित्र नदेखाओ।
अजय कुँवर

ढंगको राम्रो कथा राम्रो नृत्य भएको फिल्म बनाउ न त्यो समयमा बिदेशि जस्तोसुकै फिल्म चलेपनी नेपाली फिल्म हेर्न दर्शकको घुइँचो लागिरा हुन्छ,, दयाहाङ, सौगातमल्ल लगायत अरुका फिल्म आउदा जहिले घुइँचो देखिन्छ त, कुरा प्रष्ट छ राम्रो कथा बस्तु हेर्न नेपालि दर्शक ताती लगाउँछन्,
अनि आयो ब्रान्डको कुरा, तिमिहरुलाइ जहिलेपनी Prada, LV, TF, etc बिदेशी ब्रान्ड लगाउन छ, घुम्न जान बिदेश छ, न कहिले देशका राम्रा ठाउँ घुम्न गएर ( शुटिङमा बाहेक) प्रोमोट गर्या छ , नत देशको कुनै ब्रान्ड प्रोमोट गर्या छ, चलचित्रको कुरा आएपछी बल्ल स्वदेशी ब्रान्ड भन्ने शब्द आउँछ !! तिमीहरूलाई हरेक बिदेशी ब्रान्ड फलो गर्न मन लाग्छ , अनि दर्शकलाइ चाहिँ स्वदेशी मन पर्दिनुपर्ने है !
प्रकाश खरेल

कस्तो मूर्ख हौ हाम्रा यस्ता सन्सार खाएका कलाकारहरु,इन्डिया जति मजबुत भयो नेपाल त्यति मजबुत हुन्छ भन्नेकुरा बुझेर बोल्छन कि नबुझी अचम्म लाग्छ यार,भारु १रुपैया नेपालमा १रुपैया ६०पैसा हुन्छ सन्सारभर जे सुकै भएपनी भन्ने बुझेको होला त किन रोइरहेका यार,इन्डियाको अर्थतन्त्रमा सन्कट आउनासाथ नेपालको जिन्दगी बर्बाद हुन्छ भन्ने बुझ्नुपर्दैन ? ९१%कारोबार नेपालले भारत सङ्ग गर्छ हरेक क्षेत्रमा अनि चिन र अमेरिका लगायतका देशको गुनगान र आर्थिक कुरामा नेपालको गुणगान गाएर फाइदा छैन त हामी नागरिकलाइ कस्तो नबुझेको के ? पहिला ९१ प्रतिशत सबै कुराहरुमा भारतलाइ निर्यात गर्ने सोच बनाउ र नेपाल नेपाली नेपाली फिल्म जस्ता कुरा गरौ हौ अझै कति अबुझ भैरहेको था पाई पाई ।
मनोज सुवेदी

हिन्दी होस या तमिल या अङ्ग्रेजी जुन फिलिम पनि नेपाली भाषामा डब गरेर मात्रै नेपाली हलहरुमा चलाउनु पर्छ भन्ने नियम बनाए के हुन्छ होला ? जनता जान चाहन्छ !
देवराज श्रेष्ठ

केही समय विदेशी चलचित्र बन्द गर्दा के हुन्छ ?
ट्वाइलेटमा प्रयोग हुने कमोड, प्यान सम्म आयात गर्न डलर अभाव भएको अवस्थामा विदेशी चलचित्र महँगोमा किनेर चलाउनुपर्छ र भन्या ? केजीएफ chapter 2 कै केसमा chapter 1 नै नहेरेका साथीहरु हुर्रिएर गएका छन् कथा चाहिँ बुझ्छन् होला क्या ।
हामी के नेपाली चलचित्र हेरेर कमि कमजोरीहरु औल्याइदिए पो नयाँ राम्रो बनाउने जोस आउँछ त हामी नहेर्ने, हल सो नदिने अनि सधैं भएन मात्र भन्ने यसरी कसरी चल्ला खै ।
विजय घिमिरे

पुरानो नेपाली फ़िल्म अनी पुराना कलाकारहरु प्रती जुन आत्मियता सम्मान र मिठास छ त्यो अहिलेका नयाँ फिल्म र कलाकारमा बन्दै पाईदैन अनि हेर्न पनि मन लागदैन आफ़नो देशमा बनेको भनेर हरेक करालाई सपोट गर्नु पनी मूर्खता हो हलवालाको पनी के दोष जब दर्शकले नै विदेशी फिल्मलाई मन पराएसी । बेला बेला youtubए मा नया नेपाली फिल्म आउदा एसो हेर्नू परयो भनेर बस्दा समयकै बर्बाद भाए जस्तो लाग्छ । त्यसैले जसलाइ जे हर्न मन छ त्यो हेर्छन ।
कुशे क्षेत्री

प्रतिक्रिया