लोसपाका नेता महतोको फेसबुक ह्याक !
नेपालखोज
२०७९ वैशाख ६ गते १३:५२

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ । लोसपासँगको यात्रा आजबाट टुंगिएको भन्दै सुनियोजित रूपमा कसैले भ्रम फैलाएको बताएका छन् ।
फेसबुकमा लेखेका छन्, ‘मेरो फेसबुक ह्याक गरी सुनियोजित रूपमा कसैले यो समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु । यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दायरामा ल्याउन पहल गर्ने छु।’ लोसपा छाडेको कुरामा कुनै सत्यता नरहेकाले घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दायरामा ल्याउन पहल गर्ने उनले लेखेका छन् ।

सम्बन्धित
प्रतिक्रिया