सोमबार, मंसिर २९, २०८२

नयाँबस्ती युथ क्लवकाे अभद्र व्यवहारका कारण एन्फाले तीन लाख जरिवाना गर्‍याे

नेपालखोज २०७९ वैशाख ६ गते १६:४२

काठमाडाैं ।एन्फाले नयाँबस्ती युथ क्लवलाई तीन लाख जरिवाना गरेको छ । सहिद स्मारक बी डिभिजन लिगका दौरान मध्यपुर युथ क्लबसँगको खेलमा पराजित भएपछि अभद्र व्यवहारका कारण अनुसासन विपरित भएकाले एन्फाले कारवाही गरेको हो ।

एन्फा लिग कमिटिले १८ अप्रिल २०२२ मा एन्फा मुख्यालय सातदोबाटोमा बसेको बैठकबाट नयाँबस्तीलाई सो जरिवाना गरेको हो । साथै क्लवका अफिशियल श्री बहादुर योगीलाई दुई वर्षसम्म एन्फाले गर्ने कुनैपनि फुटबल गतिबिधिमा भाग लिन नपाउने गरि निलम्बन गरेको छ । क्लवका म्यानेजर विकास राईलाई छ महिना तथा खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध गरेको जनाएको छ ।

अप्रिल ९ मा भएको उक्त खेलमा नयाँबस्ती मध्यपुरसँग ३-१ गोलले पराजित भएको थियो । मध्यपुर युथ एसोसियनसँगको पराजयपश्चात क्लबका पदाधिकारीले प्लेयर बक्स तोडफोड गरेका थिए ।-नेप्लेज

प्रतिक्रिया